शाहरुख खानलाई प्रशंसकको प्रश्नः फिल्मको ६ अर्ब कमाइ ठूलो कि केकेआरको जित?
<p>काठमाडौं। बलिउडमा किङ खान उपनाम पाएका शाहरुखलाई प्रशंसकले ट्विटरमा प्रश्न गरेः फिल्मको ६ अर्ब कमाइ ठूलो कि आईपीएलमा केकेआरको जित? उनले बुद्धिमत्तापूर्ण जवाफ दिएः मैले कहिल्यै पनि विकल्प चुन्ने काम जानिनँ। म चाहन्छु– सबै जवाफ सही हुन्।</p>
<p>उनको लगानी रहेको क्रिकेट टिम केकेआर(कोलकाता नाइट राइडर्स)ले आईपीएल दुई पटक जितिसकेको छ। केकेआरको म्याच हेर्न प्रायः उनी जाने गर्छन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
