मोदीका ‘नयाँ भक्त’ मिथुन चक्रवर्ती
<p>काठमाडौं। प्रसिद्ध बलिउड अभिनेता मिथुन चक्रवर्तीले आफूलाई कसैले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भक्त’ भन्दा गर्व लाग्ने बताएपछि भारतीय रंगक्षेत्र तरंगित भएको छ। उनी अचेल मोदीको हरेक कामकारवाहीको प्रशंसा गर्छन्।</p>
<p>उनी मिडियाप्रति निकै आक्रोश पोख्छन्। मोदीको ‘ब्रान्ड एम्बेसेडर’ भनेकोमा आपत्ति जनाउँछन्। लामो समय वामपन्थी विचारबाट प्रेरित चक्रवर्तीमा एकाएक आएको वैचारिक परिवर्तन देख्ने जोकोही आश्चर्यचकित छन्। ८० को दशकमा उनी रजतपटमा निकै चर्चित रहे।</p>
प्रतिक्रिया दिनुहोस्
