अनुपम खेरकी श्रीमती किरण खेरलाई ब्लड क्यान्सर <p>काठमाडौं। बलिउड अभिनेता अनुपम खेरकी श्रीमती तथा अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ।&nbsp;</p> <p>६८ वर्षीया किरणको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ। चार महिना अघि नै उनलाई क्यान्सर भएको पत्ता लागेको थियो।&nbsp;</p> <p>गत वर्ष ११ नोभेम्बरमा उनको बाँया हात भाच्चिएको थियो। त्यहि बेला उपचारको क्रममा उनलाई मल्टिपल माइलोमा (एक प्रकारको ब्लड क्यान्सर) भएको पत्ता लागेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्