फेरि टर्न सक्छ अक्षय कुमारको ‘सूर्यवंशी’को प्रदर्शन मिति
<p>काठमाडौं। अक्षयकुमार स्टारर सूर्यवंशी ३० अप्रिलमा प्रदर्शनमा आउने मिति भएको थियो तर कोरोना महामारीको संक्रमण बढ्दै जाँदा यो मिति फेरिने सम्भावना बढेको छ। </p>
<p>यसअघि २४ मार्च २०२० मा प्रदर्शनमा आउने तयारीमा रहेकोमा कोरोना महामारीको कारण सरेको थियो। भारतमा देखिएको दोस्रो लहरको संक्रमणका कारण यो मितिमा पनि प्रदर्शनमा आउने सम्भावना न्यून देखिएको छ। </p>
<p>यो विषयमा निर्माण पक्षले विकल्पबारे सोच्न थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
