आफ्नो श्रीमान्माथि अभिनेत्री श्वेता तिवारीले लगाइन् गम्भीर आरोप <p>काठमाडौं। बलिउड अभिनेत्री श्वेता तिवारीले दोस्रो श्रीमान् अभिनव कोहलीमाथि गम्भीर आरोप लगाएकी छिन्। उनले आफ्नो जीवन नै बर्बाद पार्ने धम्की दिने गरेको आरोप लगाएकी हुन्। उक्त आरोपपछि यतिबेला बलिउडमा यो विषयले चर्चा पाएको छ।&nbsp;</p> <p>४० वर्षीया श्वेताले २०१३ मा अभिनवसँग दोस्रो विवाह गरेकी थिइन्।&nbsp;</p> <p>यसअघि १९ वर्षको उमेरमा उनले राजा चौधरीसँग पहिलो विवाह गरिन्। त्यो विवाह पनि सन् २००७ मा टुट्यो। त्यसपछि उनले अभिनवसँग विवाह गरेकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्