रणबीर कपूरको ग्याङस्टर फिल्म ‘एनिमल’को सुटिङ अक्टुबारबाट
<p>काठमाडौं। रणबीर कपूरको ग्याङस्टर फिल्म ‘एनिमल’को सुटिङ यसै वर्षको अक्टुबारबाट सुरु गरिने निर्माण कम्पनीले जानकारी दिएको छ। फिल्म टी–सिरिजले निर्माण गर्न लागेको हो। ‘एनिमल’ निर्माणको घोषणा सन् २०२१ जनवरी १ मा गरिएको थियो। <br />
एक ग्याङस्टरको भूमिका निर्वाह गर्न लागेका रणबीर ‘एनिमल’मा पहिलो पटक नायिका परिणिति चोपडासँगै देखिने छन्। ‘कबीर सिंह’का निर्देशक सन्दीप रेड्डीले यो निर्देशन गर्नेछन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
