ब्रिट्नीले संरक्षकबाट बाबुको नाम हटाउन दिइन् आवेदन <p>काठमाडौं। अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्सले आफ्नो संरक्षकबाट बाबु जेमी स्पेयर्सको नाम हटाउन अदालतमा आवेदन दिएकी छन्। ब्रिट्नीको तर्फबाट उनको वकिल स्यामुअल डी. इनघामले अदालतमा आवेदन दिएका हुन्। आवेदनमा बाबुको स्थानमा जोडी मोन्टागोमेरीलाई संरक्षक बनाउनसमेत माग गरिएको छ।&nbsp;<br /> स्न २००८ देखि जेमी गायिका ब्रिट्नीको संरक्षकको रुपमा रहँदै आएका छन्। पछिल्लो समय बाबुसँग सम्बन्ध बिग्रिएपछि ब्रिट्नीले उनलाई संरक्षकबाट हटाउन चाहेकी हुन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्