ऋतिक रोशन ग्याङस्टार बन्दै <p>काठमाडौं। बलिउड अभिनेता ऋतिक रोशन नयाँ चलचित्रमा देखिने भएका छन्। साउथ फिल्म विक्रम वेधाको हिन्दी रिमेकमा उनी काम गर्न लागेका हुन् ।</p> <p>उक्त चलचित्रमा उनी एक खतरनाक ग्याङस्टारको भूमिकामा देखिनेछन्। उनले त्यसका लागि आफूलाई तयार पार्न थालेका छन्।&nbsp;</p> <p>यो चलचित्रका लागि उनले विशेष प्रकारको बडी बनाउनुपर्नेछ। पुष्कर र गायत्रीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा सैफ अलि खान प्रहरीको भूमिकामा देखिनेछन्।&nbsp;</p> <p>मेगा बजेटका थुप्रै चलचित्र ऋतिकको हातमा छन्। उनले दीपिका पादुकोणको चलचित्र, पिता राकेश रोशनको कृष&ndash;३ मा पनि उनी देखिनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्