एन्जेलिना जोलीले हालिन् ब्राडपिटविरुद्ध मुद्दा
<p>काठमाडौं। हलिउड अभिनेत्री एन्जेलिना जोलीले अभिनेता तथा पूर्वपति ब्राड पिटविरुद्ध मुद्दा दायर गरेकी छन्। </p>
<p>आफूमाथि पिटले घरेलु हिंसा गरेको उनको आरोप छ। स्रोतका अनुसार जोलीले आफूसँग प्रमाण भएको दाबी पनि गरेकी छन्। </p>
<p>आरोप पुष्टि गर्न उनलाई छोराछोरीले समेत बयान दिने स्रोतको भनाइ छ। २०१४ मा उनीहरुले बिहे गरेका थिए। </p>
<p>बिहेको केही वर्षमै उनीहरुबीच मनमुटाव हुन थालेको थियो। अहिलेसम्म उनीहरु कानुनी रुपमा भने छुट्टिएका छैनन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
