आलिया र सञ्जयलीला भन्सालीलाई अदालतले पठायो नोटिस
<p>काठमाडौं। विवादित बनेको सञ्जयलीला भन्सालीको नयाँ चलचित्र गंगूबाई काठियाबाडीका लागि अदालतले नोटिस पठाएको छ। </p>
<p>मुम्बईको अदालतले अभिनेत्री आलिया भट्ट र निर्देशक भन्सालीको नाममा नोटिस पठाउँदै २१ मे मा अदालतमा उपस्थित हुन भनेको छ। </p>
<p>मुम्बईकी माफिया क्वीन तथा एक चर्चित बेश्यालयकी सञ्चालिका रहेकी गंगूबाईको जीवनमा आधारित रहेको उक्त चलचित्र बनेको छ। उनका छोराले अदालतमा मुद्दा हालेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
