‘लप्पन छप्पन–२’ को प्रदर्शन रोकियो
<p>काठमाडौं। कोरोना महामारीको प्रभाव बढ्दै गएपछि चलचित्र ‘लप्पन छप्पन–२’ को प्रदर्शन रोकिएको छ। <br />
भारतमा कोरोना महामारीको दोस्रो लहर बढ्दै गइरहेका बेला त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ। <br />
चैत २७ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको उक्त चलचित्र अनिश्चितकालका लागि स्थगित गरिएको हो। <br />
मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाही लगायतका कलाकार छन्।</p>
प्रतिक्रिया दिनुहोस्
