‘टाढा भए पनि’ ले राख्यो नयाँ रेकर्ड
<p>काठमाडौं। अस्मिता अधिकारी र उर्गेन दोङको चर्चित गीत ‘टाढा भए पनि’ ले नयाँ रेकर्ड राखेको छ। </p>
<p>सार्वजनिक भएको ३८ दिनमै दुई करोड भ्यूज पाउँदै अहिलेसम्म छोटो समयमा धेरै पटक हेरिएको गीतको रेकर्ड बनाएको हो। </p>
<p>यसअघि ‘फूलबुट्टे सारी’ ले ३९ दिनमा दुई करोड भ्यूज पाएको थियो। १५ दिनमा एक करोड भ्यूज पाएर छोटो समय करोड क्लबमा पुग्ने गीतको रेकर्ड कायम गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
