मलाइका पूर्वपतिले पठाए यस्तो उपहार
<p>काठमाडौं। बलिउड नायिका मलाइका अरोडा खानका पूर्वपति अरबाज खानले एक उपहार पठाए। उनले कुनै महंगो गरगहना नभएर आँपको एउटा डिब्ब उपहारमा दिएका हुन्। </p>
<p>मलाइकाले इन्स्टा स्टोरीमा भिडियो सेयर गर्दै उपहारका लागि धन्यवाद दिएकी छिन् । उनीहरूले १८ वर्षे लामो वैवाहिक सम्बन्धलाई विश्राम दिएका थिए। </p>
<p>सम्बन्धविच्छेदपछि मलाइका अर्जुन कपुरसँगको प्रेममा छिन् भने अरबाजले जर्जियाकी एक युवतीसँग अफेयर चलाइरहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
