अमिताभ बच्चनले यो वर्ष पनि होली नखेल्ने
<p>काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चनले यो वर्ष पनि होली नखेल्ने भएका छन्। कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उनले होली नखेल्ने निर्णयमा पुगेका हुन्। </p>
<p>गत वर्ष पनि होली कार्यक्रम रद्द गरिएको थियो। विगतका वर्षहरूमा बच्चन परिवारले होलीको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गर्दै आएको थियो। गत वर्ष बच्चन परिवारले होली कार्यक्रम रद्द गरेर परिवारको तर्फबाट शुभकामना मात्र दिइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
