काठमाडौं। दुई वर्ष पहिला नै अलग भइसकेका हलिउड स्टार एन्जेलिना जोली र ब्रैड पिटबीच बच्चाको विषयलाई लिएर फेरि विवाद उत्पन्न भएको छ। एन्जेलिनाले बच्चाको विषयलाई लिएर अदालतमा नै केस दर्ता गराएकी छिन्।
उनले घरेलु हिंसा गरेको भन्दै अदालतमा उजुरी दिएकी हुन्। उक्त घरेलु हिंसाबारेमा छोराछोरीहरूले समेत पिटविरुद्ध बयान दिन तयार रहेको जनाइएको छ।
यसअघि पनि एन्जेलिनाले पिटविरुद्ध कैयौँपटक हिंसाको आरोप लगाएकी थिइन्। अनुसन्धानको क्रममा उनको दाबीमा प्रमाण नपुगेको भन्दै प्रहरीले कारवाही अगाडि बढाएको थिएन। अहिले भने हिंसाका विषयमा छोराछोरीले समेत स्वतन्त्र बयान दिन तयार रहेको एन्जेलिनाको भनाइ छ।
हालै दिएको एक अन्तर्वार्ताको क्रममा एन्जेलिनाले पछिल्ला केही वर्ष कसरी बिते भन्नेबारे जानकारी दिएकी थिइन्। आफ्नो पूरा ध्यान परिवार सम्हाल्नतिर लागेको भन्दै जसले गर्दा त्यो समय कसरी बित्यो भन्ने जानकारीसमेत नभएको उनले बताएकी थिइन्। तर, आफ्नो कोशिस पूरा नभएको उनको भनाइ थियो।
उनीहरूले सन् २०१४ मा विवाह गरेका थिए। दुवैजनाको सन् २००४ मा एक छायांकनको क्रममा भेट भएको थियो। लामो समय डेटिङ गरेर २०१४ मा विवाह गरेका थिए तर विवाह गरेको दुई वर्षमै दुईजना अलग भएका थिए। उनीहरूको डिभोर्स चाहिँ २०१९ मा भएको थियो।
पिटको नाम भने थुप्रै अभिनेत्रीसँग जोडिएको थियो। एन्जेलिनाभन्दा पहिला राबिन गिवेन्स, जूलियट लेविस, ग्वेनेथ पाल्ट्रोलगायतसँग उनी सम्बन्धमा बसेका थिए।
सन् १९९८ मा जेनिफर एनिस्टनसँग विवाह गरेका थिए। विवाह गरेको सात वर्षमै डिभोर्स भएको थियो।
त्यसपछि उनले एन्जेलिनासँग विवाह गरेका थिए, जुन सम्बन्ध पनि टिक्न सकेन।
" /> काठमाडौं। दुई वर्ष पहिला नै अलग भइसकेका हलिउड स्टार एन्जेलिना जोली र ब्रैड पिटबीच बच्चाको विषयलाई लिएर फेरि विवाद उत्पन्न भएको छ। एन्जेलिनाले बच्चाको विषयलाई लिएर अदालतमा नै केस दर्ता गराएकी छिन्।उनले घरेलु हिंसा गरेको भन्दै अदालतमा उजुरी दिएकी हुन्। उक्त घरेलु हिंसाबारेमा छोराछोरीहरूले समेत पिटविरुद्ध बयान दिन तयार रहेको जनाइएको छ।

">