काठमाडौं। नायिका केकी अधिकारीले केश मुण्डन गरेकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा उनले केश मुण्डन गरेको देखिएको हो। उनले आफ्नो नयाँ चलचित्रका लागि केश मुण्डन गरेकी हुन्।
उनले नयाँ चलचित्रका लागि केश मुण्डन गरेकी हुन्। उक्त चलचित्रमा उनी र गौरव पहारी प्रमुख भूमिकामा देखिनेछन्। कपाल मुण्डन गरेपछि उनले शुरुमा निकै गाह्रो भएको प्रतिक्रिया दिएकी छिन्।
उनले इन्स्टाग्राम स्टोरीमा कपाल मुण्डन गरेका तस्बिर सेयर गर्दै ‘परिवर्तन नै सुन्दर, मुण्डन नै सुन्दर’ भन्दै क्याप्सन लेखेकी छिन्।
कपाल मुण्डन गर्दा शुरुमा उनी रोएकी थिइन्। पछि विस्तारै सहज महशुस भएको उनको प्रतिक्रिया छ। फिल्मको कथाले मागेका कारण केश मुण्डन गरेको उनको भनाइ छ।
सुलक्षण भारतीको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा केकीका पिता बद्री अधिकारी निर्माता र विशाल भण्डारी कार्यकारी निर्माता छन्।
महिलाकेन्द्रित उक्त चलचित्रको छायांकन बैशाखबाट हुनेछ। त्यसका लागि केकीले एक महिनाअगाडि नै केश मुण्डन गरेकी हुन्।
यसअघि उनले बोक्सीको घरको छायांकन सकाएकी छिन्। उक्त चलचित्रको छायांकन सकाएर केश मुण्डन गरेको केकीको भनाइ छ।
यसअघि चलचित्र ‘प्रेमलीला’का लागि दीपाशिखा खड्का, ‘जाइरा’का लागि नम्रता श्रेष्ठ, ‘आमा’का लागि सुरक्षा पन्तले पनि आफ्नो चरित्रलाई जीवन्त बनाउन केश मुण्डन गरेका थिए।
महिलाका लागि सबैभन्दा प्रिय मानिएको कपाल नै मुण्डन गर्दा साह्रै पीडा हुने गरेको उनीहरूको प्रतिक्रिया छ।
" /> काठमाडौं। नायिका केकी अधिकारीले केश मुण्डन गरेकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा उनले केश मुण्डन गरेको देखिएको हो। उनले आफ्नो नयाँ चलचित्रका लागि केश मुण्डन गरेकी हुन्।उनले नयाँ चलचित्रका लागि केश मुण्डन गरेकी हुन्। उक्त चलचित्रमा उनी र गौरव पहारी प्रमुख भूमिकामा देखिनेछन्। कपाल मुण्डन गरेपछि उनले शुरुमा निकै गाह्रो भएको प्रतिक्रिया दिएकी छिन्।

">