काठमाडौं। बलिउड नायिका आलिया भट्ट आज आफ्नो २८ औं जन्मदिन मनाउँदै छिन्। सन् १९९३ मार्च १५ मा मुम्बईमा जन्मिएकी उनी १९९९ मा चलचित्र ‘संघर्ष’मा बाल कलाकारको रूपमा काम गरेकी थिइन्।
निर्देशक महेश भट्ट र सोनी राजदानको कोखबाट जन्मिएकी उनी ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा पाइला राखेकी हुन्। यो चलचित्रका लागि उनले आफ्नो तौल १६ किलो घटाएकी थिइन्। त्यो समय उनको तौल ६७ किलो थियो।
उक्त चलचित्रका लागि चार सय युवतीले अडिसन दिएकी थिए। चार सयमध्ये आलिया छनोटमा परेकी हुन्।
चलचित्रका निर्देशक करण जोहरले उनलाई तौल घटाउन भनेका थिए। छनोटपछि करणले उनलाई तौल घटाउन नभए चलचित्रको काम गर्ने सपना त्याग्न भनेका थिए। त्यसपछि उनले आफ्नो तौल घटाएकी हुन्।
उनको पहिलो चलचित्र ‘स्टुडेण्ट अफ द इयर’ले उनलाई चर्चामा ल्याएको थियो। त्यसपछिबाट भने उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेको छैन। उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा तहल्का नै पिटेका छन्।
आलियाले आफ्नो जन्मदिनको पार्टी करण जोहरको घरमा राखेकी छिन्। आलियाको जन्मदिनमा नायिका दीपिका पादुकोण, नायक रणवीर सिंह, नायक अर्जुन कपुर, नायिका मलाइका अरोरालगायत सेलिब्रे्रेटी पुगेका थिए।
उनी प्रेम जीवनका कारण पनि चर्चामा आउने गरेकी छिन्। कहिले रणवीर कपुरसँग त कहिले सिद्धार्थ मल्होत्रासँग उनको नाम जोडिएको थियो।
उनी जब चलचित्रमा प्रवेश गरिन्, त्यसपछि मात्रै बाबासँग नजिकिन पुगेकी थिइन्। अभिनयका साथ–साथै उनी गायनमा पनि रुचि राख्छिन्। उनलाई म्युजिक निर्देशक ए.आर.रहमानको विश्वप्रख्यात म्युजिक स्कुलमा ट्रेनिङका लागि अफर आएको थियो।
" /> काठमाडौं। बलिउड नायिका आलिया भट्ट आज आफ्नो २८ औं जन्मदिन मनाउँदै छिन्। सन् १९९३ मार्च १५ मा मुम्बईमा जन्मिएकी उनी १९९९ मा चलचित्र ‘संघर्ष’मा बाल कलाकारको रूपमा काम गरेकी थिइन्।निर्देशक महेश भट्ट र सोनी राजदानको कोखबाट जन्मिएकी उनी ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा पाइला राखेकी हुन्। यो चलचित्रका लागि उनले आफ्नो तौल १६ किलो घटाएकी थिइन्। त्यो समय उनको तौल ६७ किलो थियो।

">