काठमाडौं। पपस्टार बियोन्सेले २०२१ को ग्रामी अवार्ड जित्न सफल भएकी छिन्। लस एन्जलसमा आयोजित अवार्ड समारोहमा बियोन्सेलाई उक्त अवार्ड घोषणा गरिएको हो।
म्युजिक क्षेत्रको संसारकै चर्चित मानिएको ग्रामी अवार्डमा टेलर स्विफ्टले उत्कृष्ट एल्बमको अवार्ड जितिन्। उनको एम्बल फोल्कलोरेले उत्कृष्ट एल्बमको अवार्ड जितेको हो। त्यसपछि उनको फियरलेस् तथा १९८९ ले पनि उत्कृष्ट एम्बलको अवार्ड जितेको थियो।
३९ वर्षीया बियोन्सेले सो अवार्ड २८ पटक जितेर विश्व रेकर्ड नै कायम गरेकी छिन्। उनले एलिसन क्राउनको रेकर्ड नै तोडेकी हुन्।
अवार्ड जितेपछि खुसी हुँदै बियोन्सेले आफूले एक कलाकारको नाताले गर्नुपर्ने काम गर्दै आएको प्रतिक्रिया दिएकी छिन्।
मेगन थी स्टेलियनले पनि नयाँ रेकर्ड बनाएका छन्। उनले तीन अवार्ड वटा अवार्ड जितेर नयाँ रेकर्ड बनाएकी हुन्। महिला ¥यापरको रूपमा उनले उत्कृष्ट ¥याप गीतका लागि अवार्ड जितेकी हुन्।
यो पटक ८४ विधामा म्यूजिक आर्टिस्ट, कम्पोजर तथा एल्बमलगायतलाई सम्मानित गरिएको हो। कोरोना महामारीकाबीच कार्यक्रमको आयोजना गरिएको थियो।