काठमाडौं। कुनै समय थियो, नायिका विपना थापाको अभियन नभएका चलचित्र कमै हुन्थे । डेढ दशकअगाडिसम्म नेपाली चलचित्रका लागि उनी सबैको रोजाइमा थिइन् र उनको धेरै क्रेज थियो ।
दर्शकहरू विपनाको नाममा नै चलचित्र हेर्न हलसम्म जान्थे । निर्माताहरूलाई पनि उनलाई आफ्नो चलचित्रमा ल्याउन पाएमा फिल्म हिट हुन्छ भन्ने लाग्थ्यो । लाग्ने होइन धेरै निर्मातालाई नाम र दाम दुवै दिलाउन सफल भइन्, विपना ।
तर बिहे गरेर भारतमा परिवारसँग बस्दै आएका उनी अचेल उनी चलचित्र क्षेत्रबाट टाढा छिन् ।

शनिवार सम्पन्न १० औं नेफ्टा अवार्डका लागि उनी नेपाल आएकी थिइन् । १४ वर्षपछि नेपाली चलचित्रको कुनै कार्यक्रममा सहभागी भएकी उनी निकै नर्भस भइन्।
यतिमात्र नभएर उनको आँखा आँसुले भरियो । बाहिर नै पत्रकारले उनलाई घेर्दा निकै नर्भस भएर उनले भनिन्, “ओहो ! म न निकै नर्भस भए। एकदमै खुशी लाग्यो।”
अवार्ड समारोहमा बसेकी उनलाई कार्यक्रम सञ्चालिका माल्भिका सुब्बाले कार्यक्रम कस्तो भइरहेको भन्दै प्रश्न गरिन्। त्यसपछि भने उनी निकै भावुक बनेर धेरै बोल्न सकिनन्।
भावुक हुँदै उनले भनिन्, “१४ वर्षपछि मलाई चलचित्र क्षेत्रले सम्झिएको छ। १४ वर्षसम्म मलाई कसैले पनि याद गरेन। कुनै बेलामा एक सय ११ वटा चलचित्रमा अभिनय गरेर दर्शकको माया पाएकी थिएँ । तर, आज मलाई चलचित्र क्षेत्रले सम्झदा निकै नै खुुसी लागेको छ।”
यति भनिसकेपछि उनको आँखा रसाए । आँखाभरी आँसु पार्दै भनिन्, “म नेपालमा नभएर होला मलाई याद गरिएन्। तर, मेरा प्राविधिकहरूले मलाई सम्झिएका छन्। आज आफ्नै घरमा आएको महशुस भएको छ।”
उनले आफू चाँडै नै चलचित्र क्षेत्रमा फर्किने बताइन् । कोरोना महामारीका कारण चलचित्रको काम अगाडि बढ्न नसकेको भन्दै अब चाँडै नै दर्शकमाझ आउने उनको भनाई थियो ।