काठमाडौं। चलचित्र ‘छक्का पञ्जा–३’ ले २०७५ सालको नेफ्टा फिल्म अवार्ड जितेको छ। चलचित्र सर्वोत्कृष्ट बन्नुका साथै उक्त चलचित्रका निर्देशक र पटकथासहितका ६ महत्वपूर्ण विधामा जित हासिल गर्यो।
व्यावसायिक रूपमा सफल बनेको यो चलचित्रबाट दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचालिन् भने दीपकराज गिरीले सर्वोत्कृष्ठ कथा तथा पटकथाको अवार्ड जिते।
त्यस्तै केदार घिमिरे माग्ने बुढाले हास्यकलाकारको अवार्ड जिते। यहि चलचित्रले पपुलर चलचित्रको अवार्ड पनि जित्यो।

शनिबार सोल्टी क्राउन प्लाजामा आयोजित १० औं नेफ्टा अवार्डमा विपिन कार्कीले सर्वोत्कृष्ट अभिनेताको जिते। चलचित्र प्रसादबाट उनले उक्त अवार्ड जितेका हुन्।
त्यस्तै साँइली चलचित्रकी अभिनेत्री मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।
त्यस्तै चलचित्र प्रसाद संगीतका चारै विधासहित सर्वोत्कृष्ट संवाद र अभिनेताको अर्वाड जित्न सफल भएको हो।
साम्राज्ञी शाहले पपुलर अभिनेत्री र अनमोल केसीले पपुलर अभिनेताको अवार्ड जिते। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा ३६ विधामा अवार्ड दिइएको थियो।
समारोहमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमल्सिनालाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो। नगद ५१ हजार १११ रुपैयाँ र ताम्रापत्रसहित उपराष्ट्रपति पुनले सम्मान प्रदान गरेका हुन्।

अवार्ड समारोहमा नायक नायिकासहितका कलाकारले सांगीतिक प्रस्तुति राखेका थिए। कोरोना महामारीका कारण १० औं नेफ्टा अवार्डमा २०७५ सालमा प्रदर्शनमा आएका चलचित्रहरूलाई दिइएको हो।
नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा आयोजित कार्यक्रममा नेपाली सिने क्षेत्रमा चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अवार्ड जित्नेहरूको सूचीः
वेष्ट मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
वेष्ट कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
उत्कृष्ट कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)
उत्कृष्ट ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)
उत्कृष्ट संगीत संयोजनः उदय पौडेल (प्रसाद)
उत्कृष्ट गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
उत्कृष्ट संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
उत्कृष्ट गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
उत्कृष्ट गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३
उत्कृष्ट कथा : छक्का पञ्जा ३
उत्कृष्ट पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
उत्कृष्ट संवाद : सुशिल पौडेल (प्रसाद)
उत्कृष्ट ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
उत्कृष्ट भीएफएक्स : रोमियो एन्ड मुना
उत्कृष्ट रङ संयोजन : अर्जुन कार्की (हरी)
आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
उत्कृष्ट सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
उत्कृष्ट सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)
उत्कृष्ट अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
उत्कृष्ट अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)
उत्कृष्ट डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)
उत्कृष्ट डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
उत्कृष्ट डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
उत्कृष्ट सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
उत्कृष्ट छायांकार : चिन्तनराज भण्डारी (हरी)
उत्कृष्ट पपुलर अभिनेत्री : साम्राज्ञी शाह
उत्कृष्ट पपुलर अभिनेता : अनमोल केसी
उत्कृष्ट पपुलर फिल्म : छक्का पञ्जा ३
उत्कृष्ट जुरी अवार्ड फिल्म : हरि
उत्कृष्ट अभिनेता : बिपिन कार्की (प्रसाद)
उत्कृष्ट अभिनेत्री : मेनुका प्रधान (साइँली)
उत्कृष्ट निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
उत्कृष्ट फिल्म : छक्का पञ्जा ३