काठमाडौं। यही फागुन २९ गते १०औं ‘नेफ्टा अवार्ड’ हुँदै छ। ‘श्रम र सिर्जनाको पहिचान, चलचित्रकर्मीको वास्तविक सम्मान’ भन्‍ने नारासहित आयोजना हुन लागेको अवार्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।

नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा कोरोना महामारीकै प्रभावकाबीच अवार्ड कार्यक्रम हुन लागेको हो।

कोरोना महामारीका कारण सुस्त अवस्थामा रहेको चलचित्र क्षेत्रलाई अवार्ड कार्यक्रमले चलायमान बनाउने संघका अध्यक्ष पुष्कर लामाको विश्वास छ। संघले विगत १४ वर्षदेखि अवार्ड वितरण गर्दै आएको छ। कोरोना महामारीका कारण यो संस्करण विशेषरूपमा गर्न लागिएको अध्यक्ष लामाले बताए।

‘‘कोरोना महामारीले समग्र चलचित्र क्षेत्र नै सिथिल बनेको छ। यस्तो अवस्थामा हामी अवार्ड कार्यक्रम गर्दैछौं। यसले पक्कै पनि चलचित्र क्षेत्रलाई सक्रिय र रौनकता ल्याउने छ,’’ अध्यक्ष लामाले भने।

गत वर्ष चैतमा टुँडिखेलमा आयोजना गर्ने भनिएको अवार्ड अन्तिममा आएर स्थगित भएको थियो। यो वर्षको अवार्ड समारोह भव्य गर्न लागिएको अध्यक्ष लामाले बताए।

सोल्टी होटलमा आयोजना हुने अवार्ड कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने छन्। कार्यक्रममा सात सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकको भनाइ छ।

अवार्ड रिहर्सल

अवार्डलाई भव्य बनाउन कलाकारहरूका विभिन्‍न प्रस्तुतिसमेत राखिने छ। त्यसका लागि अहिले रिहर्सल चलिरहेको छ। राष्ट्रिय नाचघर जमलमा कलाकारहरूले नृत्यको रिहर्सल गरिरहेका छन्।

कार्यक्रममा शोभित बस्‍नेत, सलोन बस्‍नेत, छुल्ठिम गुरूङ, रिस्ता बस्‍नेत, रूबिका थापा, जेवीका कार्कीलगायत कलाकारले आफ्नो प्रस्तुति दिने छन्।

प्रचारप्रसार तीव्र

अवार्डका लागि प्रचारप्रसार पनि तीव्र पारिएको छ। ठाउँ-ठाउँमा होर्डिङबोर्ड राख्ने, सार्वजनिक सवारीमा पम्प्लेट टाँस्‍ने, सामाजिक सञ्‍जालमार्फत् सूचना प्रवाह गर्नेलगायतका काम भइरहेको संघका अध्यक्ष लामाले बताए।

अवार्डका लागि छायांकन स्थगित

यो वर्षको अवार्ड विशेष परिस्थितिमा आयोजना हुन लागेको छ। कोरोना महामारीको प्रभाव कायमै रहेको समयमा हुन लागेको अवार्डलाई चलचित्रकर्मीहरूले निकै महत्त्वका साथ हेरेका छन्।

चलचित्रकर्मीका संघ संस्थाहरूले २९ गतेका लागि आफ्ना कार्यक्रम रोकेर कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। नेपाल चलचित्र निर्माता संघले चलचित्रकर्मीहरूलाई छायांकन स्थगित गरेर अवार्ड कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सम्भव भएसम्म जरूरीबाहेक चलचित्रको छायांकन स्थगित गरेर सहभागी हुन अनुरोध गरेको हो।

त्यस्तै नेपाल चलचित्र नृत्य संघलेसमेत उक्त अवार्डमा सहभागी हुन आग्रह गरेको छ। उक्त दिन कुनै छायांकन नराखेर अवार्ड वितरण कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको संघका कार्यवाहक अध्यक्ष जनक कार्कीले बताए।

अवार्ड कार्यक्रमकै लागि काठमाडौंबाहिर गएर छायांकनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’ ले आफ्नो छायांकन रोकेको छ। प्राविधिक संघको आग्रहअनुसार छायांकन स्थगित गरिएको चलचित्रका निर्देशक दिनेश राउतले बताए।

देशबाहिरका कलाकार फर्किंदै

अवार्ड सामारोहका लागि देशबाहिर रहेका कलाकारहरू पनि फर्किन थालेका छन्। भारतमा बस्दै आएका अभिनेत्री निरूता सिंह नेपाल फर्किएकी छिन्। अवार्डमा सहभागी हुनकै लागि उनी नेपाल आएकी हुन्। उनलाई संघका अध्यक्ष लामाले स्वागत गरेका थिए। त्यस्तै विपना थापा पनि नेपाल आएकी छिन्। भारतमा बस्दै आएकी उनी पनि नेपाल आइपुगेकी हुन्।

कार्यक्रममा सबै कलाकारलाई समेट्ने योजनाअनुसार तयारी भइरहेको अध्यक्ष लामाको भनाइ छ। “अहिले को-को कलाकार सहभागी हुन्छन् भन्‍ने कुरा गोप्य राखेका छौं। कार्यक्रमकै दिन सरप्राइज दिन्छौं,” अध्यक्ष लामाले भने।

को-को परे मनोनयनमा?

अवार्डका लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भइसकेको छ। २०७५ सालमा प्रदर्शनमा आएका फिल्महरूबाट ३१ विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरिएको हो।

यो वर्ष २०७५ सालमा प्रदर्शनमा आएका चलचित्रलाई नै अवार्ड दिन लागिएको हो। चलचित्र ‘ए मेरो हजुर-३’, ‘छक्का पञ्‍जा-३’, ‘प्रसाद’, ‘रोमियो एण्ड मुना’, ‘हरी’, ‘कथा काठमाडौं’, ‘रामकहानी’ लगायत चलचित्र मनोनयनमा परेका छन्।

" /> काठमाडौं। यही फागुन २९ गते १०औं ‘नेफ्टा अवार्ड’ हुँदै छ। ‘श्रम र सिर्जनाको पहिचान, चलचित्रकर्मीको वास्तविक सम्मान’ भन्‍ने नारासहित आयोजना हुन लागेको अवार्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।

"> नेफ्टा अवार्डको तयारी : देशबाहिर रहेका कलाकार धमाधम फर्किंदै: Dekhapadhi सिने क्षेत्रकै चर्चित नेफ्टा अवार्ड फागुन २९ गते हुँदै छ।
• २०७५ सालका उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने।
• उपराष्ट्रपतिले अवार्ड कार्यक्रमको उद्घाटन गर्ने।

नेफ्टा अवार्डको तयारी : देशबाहिर रहेका कलाकार धमाधम फर्किंदै

प्रतिक्रिया दिनुहोस्