काठमाडौं। बलिउड अभिनेता रणबीर कपूर कोरोना पोजिटिभ छन्। कोरोना संक्रमित भएपछि उनी घरमै आइसोलेटेड भएका छन्। कोरोना पोजिटिभ भएपछि उनका सबै कार्यक्रम तत्कालका लागि स्थगित भएका छन्।
रणवीर कोरोना पोजिटिभ भएपछि उनकी प्रेमिका आलिया भट्टले समेत आफ्नो जन्मदिनको पार्टी नै स्थगित गरेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार आलियाले १५ मार्चमा बर्थडे पार्टीको आयोजना गरेकी थिइन्। तर, रणवीर कोरोना पोजिटिभ भएपछि पार्टी नै स्थगित गरेकी हुन्।
रणवीरलाई कोरोना पोजिटिभ भएपछि चलचित्र निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली पनि कोरोना पोजिटिभ भएका थिए। उनीसँगै काम गर्दै आएकी आलियाले समेत कोरोना टेष्ट गराएकी थिइन। तर उनको रिपोर्ट भने नेगेटिभ आएको छ। उनीहरू चलचित्र ब्रह्मास्त्रको छायांकनमा थिए।
अयान मुखर्जीको निर्देशनमा बन्न लागेको यो चलचित्रकोे छायांकन रोकिएको छ। यो चलचित्रमा रणवीरसँगै आमिताभ बच्चन, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ।