काठमाडौं। बलिउड कलाकार नवाजुद्दिन सिद्दीकीकी श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा फिर्ता लिएकी छिन्।
नवाजुद्दिनकी पत्नी आलियाले अदालतमा दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा सन्तानको खुशीका लागि फिर्ता लिएको उनले बताएकी छिन्।
भारतीय सञ्चार माध्यमहरुले उनलाई उद्यृत गर्दै लेखेका छन्, “अहिलेसम्म मेरो र नवाजुद्दिनको सम्बन्ध थुप्रै उतारचढावबाट गुज्रिरहेको छ। सम्बन्ध टुट्नु भन्दा अगाडि हामीले फेरि एकपटक यो सम्बन्धलाई नयाँ मौका दिने विषयमा सोच्यौं। मेरा लागि यो फैसला सजिलो थिएन। एकपटक सम्बन्ध बिग्रिएपछि यसलाई फेरि सहज बनाउन मुश्किल छ। तर, आफ्ना बच्चाको खुशीका लागि म जे पनि गर्न तयार छु। त्यसैले यो सम्बन्धलाई फेरी अगाडि बढाउन तयार भएका हौं।”
आलियाले आफू र नवाजुद्दिन एकसाथ हुँदा बच्चा निकै खुशी हुने बताइन। पछिल्लो एक वर्षदेखि नवाजुद्दिनलाई नभेटेको आलियाले बताइन। बच्चाका विषयमा भने फोनमा कुराकानी भइरहने गरेको उनको भनाइ छ।
नवाजुद्दिनका भाई शमासले भने दाईको निर्णय नै परिवारमा लागू हुने बताए। परिवारको मुखिया उनै भएकाले जे निर्णय गरे पनि त्यो लागू हुने शमासको भनाइ थियो।
“नवाज एक अशल व्यक्ति हुन्। उनको खुवी भनेकै कसैको पनि चित्त नदुखाउनु हो। म उनका बच्चाहरूसँग धेरै माया गर्छु र त्यसका लागि जे पनि गर्न सक्छु। उनी पनि मलाई धेरै माया गर्छन। पूरै परिवार योबारे जानकार छ। नजाव भाई परिवारको मुखिया हुन्। उनले जे गर्छन त्यही नै लागू हुन्छ,” शमासलाई उद्यृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
" /> काठमाडौं। बलिउड कलाकार नवाजुद्दिन सिद्दीकीकी श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा फिर्ता लिएकी छिन्।नवाजुद्दिनकी पत्नी आलियाले अदालतमा दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा सन्तानको खुशीका लागि फिर्ता लिएको उनले बताएकी छिन्।

">