काठमाडौं। बलिउड अभिनेत्री रिया चक्रवर्ती विगत ६ महिनादेखि सामाजिक सञ्जालभन्दा बाहिर थिइन। अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनी सामाजिक सञ्जालबाट टाढिएकी थिइन्।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरबाट उनी पुनः सामाजिक सञ्जालमा सक्रिय भएकी छिन्। उनले आफ्नो आमासँगको सम्बन्धबारे भावुक स्टालस लेख्दै सबै नारीहरूलाई शुभकामना व्यक्त गरेकी छिन्।
आमा र आफ्नो हातको तस्बिर राख्दै उनले लेखेकी छिन्, “हामीलाई जारी दिवसको शुभकामना। म र आमा सधै एक साथ, मेरो शक्ति, मेरो विश्वास अनि धैर्य हुन मेरी आमा।”
यसअघि उनले २७ अगस्ट २०२० मा अन्तिम पोष्ट गर्दै त्यसपछि टाढा भएकी थिइन्। सुशान्तको मृत्यु भएको एक महिनापछि उनले सामाजिक सञ्जालमा एक पोष्ट गरेकी थिइन्। त्यही पोष्टका कारण उनी ट्रोलको शिकार बनिन्।
सुशान्तको मृत्युको कारण बनेको भन्दै उनी एक महिना प्रहरी हिरासतमा बसेकी थिइन्। त्यहाँबाट रिहा भएर घर पुगेपछि उनको घरबाहिर मानिस तथा मिडियाकर्मीको भीड लागेको थियो। त्यही भीडको भिडियो बनाउँदै उनले मिडियाले आफुलाई बाच्न नै मुस्किल बनाएको बताएकी थिइन्।
" /> काठमाडौं। बलिउड अभिनेत्री रिया चक्रवर्ती विगत ६ महिनादेखि सामाजिक सञ्जालभन्दा बाहिर थिइन। अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनी सामाजिक सञ्जालबाट टाढिएकी थिइन्।अन्तर्राष्ट्रिय नारी दिवसका अवसरबाट उनी पुनः सामाजिक सञ्जालमा सक्रिय भएकी छिन्। उनले आफ्नो आमासँगको सम्बन्धबारे भावुक स्टालस लेख्दै सबै नारीहरूलाई शुभकामना व्यक्त गरेकी छिन्।

">