काठमाडौं। चर्चित बलिउड गायिका श्रेया घोषाल आमा बन्दैछिन्। विवाह गरेको ६ वर्षपछि उनी आमा बन्न लागेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।
श्रेयाले इन्स्टाग्राम र ट्विटरमा गर्भवति भएको फोटो सेयर गर्दै लेखेकी छन्, ‘बेबी श्रेया दित्या आउँदैछन्। शिलादित्य र म यो खबर सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं। हाम्रो जीवनको यो नयाँ यात्रामा तपाईंको माया र आशीर्वादको खाँचो छ।’
श्रेयाको पोस्टमा सेलिब्रेटी र उनका शुभचिन्तकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। सन् २०१५ फेब्रअरी ५ मा श्रेया र शिलादित्य मुखोपाध्यायले विवाह गरेका थिए।
उक्त विवाहमा दुई परिवारका सदस्यबाहेक बाहिरको कसैलाई पनि आमन्त्रण गरिएको थिएन। विवाहपछि श्रेयाले फेसबुकमा दुई परिवार तथा साथीहरूको उपस्थितिमा हामीले विवाह गर्यौं भन्दै पोष्ट गरेकी थिइन्।
श्रेयाले बलिउडमा शाहरुख खान, माधुरी दीक्षित तथा ऐश्वर्या राय बच्चन स्टारर देवदास चलचित्रका लागि गीत गाएर करिअरको शुरूवात गरेकी थिइन्। ७५ औं बाल दिवसको दिन जब निर्देशक संजय लीला भन्सालीले श्रेयाको प्रस्तुति देखेपछि चलचित्रमा मौका दिएका थिए।
उनले देवदासमा पाँच गीतहरू सिलसिला ये चाहतका, बैरी पिया, छलक-छलक, मोरे पिया तथा दिल डोला रे गाएकी थिइन्।
त्यस्तै उनले जहर, परिणीता, रब ने बना दी जोडी, विवाह, द किलर, होलिडे, ओम शान्ति ओम, जब वी मेट, ३ इडियट्स, द डर्टी पिक्चर, बोल बच्चन, पीके, कलंक, तान्हाजी : द अनसंग, वारियर लगायतका चलचत्रिमा गीत गाइसकेकी छिन्।
उनले अहिलेसम्म चारवटा राष्ट्रिय तथा १६ वटा फिल्मफेयर अवार्ड आफ्नो नाममा जितिसकेकी छिन्।
यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहली, करिना कपुर र सैफ अलि खान, कमेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी छत्रत लगायतका बलिउड सेलिब्रेटी अभिभावक बनेका छन्। सन् २०२१ को शुरूवातसँगै थुप्रै बलिउडकर्मी अभिभावक बनेका हुन्।