‘चालबाज’मा अविनाशको ठाउँमा पुष्पको ‘इन्ट्री’
काठमाडौं। कैलाश राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘चालबाज’मा नायक पुष्प खड्काको ‘इन्ट्री’ भएको छ।

२० मंसीरमा दार्जिलिङको मिरिकमा शुभ मुहूर्त गरिएको चलचित्र ‘चालबाज’मा यसअघि नवकलाकार अविनाश प्रधान मुख्य भूमिकामा रहने गरी टुंगो लगाइएको थियो। तर, अविनाशले घरायसी कामका कारण फिल्म खेल्न नसक्ने बताएपछि पुष्पले हात पारेका हुन्।

पुष्पले राम्रो स्क्रिप्ट र राम्रो टीमसँग काम गर्न पाउँदा खुशी लागेको बताएका छन्। चलचित्रमा खेल्ने टुंगो लागेपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुष्पले चलचित्रमा आफ्नो भूमिका मन परेको र पारिश्रमिक पनि राम्रो पाएको जनाएका छन्। यो चलचित्र कमेडी कथामा बन्न लागेको हो।

अरुण तामाङले निर्माण गर्ने चलचित्रको छायांकन दार्जिलिङमा भइरहेको छ, जसमा पुष्पले अभिनेत्री केकी अधिकारीसँग स्क्रिन साझेदारी गर्दैछन्।

चलचित्रमा बुद्धि तामाङ, महेन्द्र बागदास, चाँदनी प्रधान, सान्तिला तामाङलगायतको अभिनय रहनेछ। सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहने चलचित्रको प्रोडक्सन म्यानेजर सुदीप ढकाल हुन्।

गत भदौमा रिलिज भएको चलचित्र ‘मारुनी’पछि पुष्प चलचित्रविहिन बनेका थिए। ‘मारुनी’ले यतिबेला विदेशमा राम्रो स्थान पाइरहेको छ।

केही समय अघि जापानमा रिलिज भएको मारुनीका लागि पुष्प पनि त्यहाँ पुगेका थिए। जापानबाट नेपाल फर्किएसँगै उनी चलचित्र ‘चालबाज’मा अनुबन्धित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्