काठमाडौं। चलचित्र रुस्तम पाँच वर्षअघि प्रदर्शनमा आयो। सन् २०१६ मा रिलिज भएको उक्त चलचित्रका कलाकार अहिले समस्यामा परेका छन्।
चलचित्रका अभिनेता अक्षय कुमारसहित चलचित्रसँग जोडिएका ६ जनालाई अदालतले नोटिस पठाएको छ।
विवाद चलचित्रको एक डायलगलाई लिएर भएको हो। चलचित्रमा वकिलको भूमिका निभाएका अनंग देसाईले अदालत परिसरमा वकिललाई लाजै नभएको वकिल भन्दै कुराकानी गरेको देखिएको छ।
जसलाई अधिवक्ता मनोज गुप्ताले वकिलहरूको मानहानी भएको बताउँदै अदालतमा उजुरी दिएका थिए।
उनले अदालतसमक्ष भारतीय दण्ड विधानको धारा ५००, ५०१, ५०२ अनुसार कडा भन्दा कडा कारबाही तथा जरिवानाको माग गरेका थिए।
उनले चलचित्र रिलिज भएसँगै अदालतमा मुद्दा दायर गरेका थिए। तर विविध कारणले सुनुवाई टर्दै गएको थियो। सन् २०२० मा यसको सुनुवाई हुनेथियो। तर, कोरोना महामारीका कारण त्यो पनि रोकियो।
अब अदालतले उक्त चलचित्रका टिमलाई नोटिस जारी गर्दै १० मार्चमा अदालतमा उपस्थित हुन भनिएको छ।
गुप्ताले प्रोडक्शन कम्पनी प्रमुख सुभाष चन्द्रा, निर्देशक टीनू सुरेश देसाई, लेखक विपुल के रावल, अभिनेता अक्षय कुमार, अनंग देसाई लगायतविरुद्ध मुद्दा हालेका हुन्।
चलचित्रको सो सीनमा न्यायाधीश (अनगं देसाई) नेवी कमाण्डर पावरी (अक्षयकुमार) सँग भन्छन्, कमाण्डर पावरी केही समय आफ्नो नेवीका लागि आफ्नो प्रोटोकल भुलिदिनुहोस्। यो मात्र सम्झिनुहोस् कि तपाई एक लाजै नभएको वकिल हो । जो आफ्नो साक्षीका लागि जे पनि गर्न सक्नुहुन्छ।
गुप्ताले उक्त डायलगबाट वकिलहरूको अपमान हुनुका साथै आफ्नो पेशाप्रति नै गलत अफवाह फैलाउने काम भएको दाबीसहित अदालतमा मुद्दा हालेका हुन्।
सन् २०१६ मा उक्त चलचित्रले १२७.५० करोड भारू आम्दानी गरेको थियो। त्यो वर्ष सबैभन्दा बढी आम्दानी गर्ने छैटौं चलचित्र बनेको थियो।