प्रियंका भन्छिन्- ‘यो वर्ष मेरो बिहे हुँदैन’
काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबीच इंगेजमेन्ट भएको डेढ वर्ष पुग्यो। इंगेजमेन्ट गर्ने बेला चाँडै नै विवाह गर्ने कुरा उनीहरूले बाहिर ल्याएका पनि थिए। तर, त्यो साइत अझैं जुरेको छैन।

उनीहरूलाई शुभचिन्तकले बेलाबेला सोध्ने पनि गर्छन्, ‘विवाह कहिले गर्ने ?’ यसमा उनीहरू दुवैको जवाफ हुन्छ, ‘अहिले बेला भएको छैन।’

अहिले मंसीरको महीना छ। यो विहेको सिजन हुने महीना पनि हो। यही मंसीरको मौकामा अभिनेत्री ऋचा शर्माले घरजम बसाइसकेकी छन्। यतिबेला ऋचा विवाह सप्ताहमा छिन्।

२१ मंसीरमा लबिम मलका म्यानेजर दिपेक्षविक्रम रानासँग विवाह गरेकी ऋचा यतिबेला भोजभतेरमा व्यस्त छिन्। त्यही दौरान उनले २६ मंसीरमा चलचित्रकर्मीलाई छुट्टै पार्टी दिइन्। उनको पार्टीमा प्रियंका कार्की पनि सहभागी थिइन्।

ऋचाको भोजमा पुगेकी प्रिंयकालाई सञ्चारकर्मीहरूले सोधिहाले, “तपाइँले कहिले विवाह गर्ने ?”

प्रियंकाले छोटो उत्तर दिइन्, “मेरो पनि चाँडै नै हुन्छ ।”

तर, उनले अहिले नै हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताइन्। “म अहिले नै कहिले हुन्छ भनेर भन्न सक्दिनँ। तर, यो बर्ष हुँदैन”, उनले भनिन्।

आफन्तहरू विदेशमा रहेकाले यो वर्ष बिहे नहुने उनको तर्क थियो । उनले भनिन्, “विदेशमा बसेका आफन्तहरू कहिले नेपाल फर्किनुहुन्छ, सबैको साइत मिलेपछि बिहे गर्छु।”

प्रतिक्रिया दिनुहोस्