काठमाडौं। नायक राजबल्लभ कोइराला यतिबेला चलचित्र क्षेत्रबाट टाढा छन्। एक समय चलचित्र क्षेत्रमा चर्चामा रहेका उनी अचेल सामाजिक सञ्जालमा मात्र सीमित बन्न पुगेका छन्। सामाजिक सञ्जालमार्फत् नै उनी बेलाबेला विभिन्न विषय उठान गर्छन्।
कोरोना महामारी कम भएसँगै चलचित्र क्षेत्र चलायमान बन्न थालेको छ। सांगीतिक कार्यक्रम, मेला महोत्सवजस्ता मनोरञ्जनात्मक कार्यक्रम पनि हुन थालेका छन्। महामारीका कारण रोकिएका विभिन्न अवार्ड वितरण कार्यक्रम पनि विस्तारै हुन थालेका छन्।
अवार्ड वितरण कार्यक्रम फेरि सुरू भएसँगै राजबल्लभले यो विषयमा प्रश्न उठाएका छन्। अचेल कसैले कुनै कार्यको लागि अवार्ड पाएको खण्डमा उक्त अवार्डमाथि प्रश्न उठाउनुपर्ने समय आएको उनको भनाइ छ।
सामाजिक सञ्जालमा उनी लेख्छन्, “कसैले अवार्ड पाए रे! भन्दा, होइन कति तिरेछन् भन्ने दिन पनि आयो है। हुन त जमानादेखि नै सुनेको हो।”
“अवार्ड आफूलाई दिन भनेर म कहाँ पैसा दिन आउने पनि थुप्रै छन्। मलाई अवार्ड दिनुपर्यो। त्यसका लागि के सहयोग गर्नुपर्छ गर्छौं भनेर थुप्रै आउँछन्। तर, उहाँहरूलाई हामीले सीधै रिजेक्ट गरिदिन्छौं।”
“कुनै बेला एउटा आयोजकले मसँग पैसा मागेको थियो। सहयोग गर्नुपर्यो, उत्कृष्ट नायकको अवार्ड दिन्छौं भनियो,” उनले भने, “यसो सोचे, मैले पैसा तिर्ने अनि खामबाट नाम पढेको सुन्दा सरप्राइज भएको नाटक गर्ने, अनि स्टेजमा गएर ‘ओ माई गड! थ्याङ्क्यू!’ भन्ने? धत् त्यस्तो नाटक गर्नु छैन। त्यस्तो नाटक गर्न सकिएन भने पनि के गर्ने भनेर अवार्ड पनि लिइनँ।”
आफूले आजसम्म पाएका सबै अवार्ड आफ्नो कामको मूल्यांकन गरेर पाएको उनको दाबी छ।
उनीमात्रै नभएर अचेल हुने अधिकांश अवार्डबारे प्रश्न उठाउने गरेका छन्। जसले अवार्ड पाउँछन् उनीहरू रमाउने गर्छन् भने जसले पाउँदैनन् वा यसबारे रूचि नै राख्दैनन्, उनीहरू विरोध गर्छन्।
नेपालमा हरेक वर्ष चलचित्र तथा संगीत क्षेत्रमा थुप्रै अवार्ड कार्यक्रम आयोजना हुन्छन्। सबैको उद्देश्य भनेको स्रष्टाले त्यो क्षेत्रमा खेलेको भूमिकाको आधारमा मूल्यांकन गरेर अवार्ड दिने ‘नेफ्टा अवार्ड’ आयोजना गर्दै आएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बताउँछन्।
“अवार्ड आफूलाई दिन भनेर म कहाँ पैसा दिन आउने पनि थुप्रै छन्। मलाई अवार्ड दिनुपर्यो। त्यसका लागि के सहयोग गर्नुपर्छ गर्छौं भनेर थुप्रै आउँछन्। तर, उहाँहरूलाई हामीले सीधै रिजेक्ट गरिदिन्छौं,” उनले भने।
अवार्ड कति निष्पक्ष बनाउने भन्ने कुरा जुरी (निर्णायक मण्डल)को हातमा हुने उनको भनाइ छ। “जुरी मेम्बर इमानदार भई कामको मूल्यांकन गरेर अवार्ड दिन सकियो भने त्यो अवार्डको सम्मान हुन्छ। जसले राम्रो काम गरेको छ। उनीहरूलाई अवार्ड दिनुपर्छ,” उनले भने।
अवार्ड नपाएका स्रष्टा बजारमा नबिक्ने
जसले बढीभन्दा बढी अवार्ड पाउन सक्यो त्यो लोकप्रिय बन्छ। अथवा उसको चर्चा बढी हुन्छ। र त्यही कलाकार बजारमा बिक्छ। यो देखावटी फेसनका कारण अवार्डहरू बदनाम बन्दै गएको नेपाल इभेन्ट्स अर्गनाइजेसन एसोसिएसनका प्रमुख आरके सुवेदीको भनाइ छ।
“अहिले के भइरहेको छ भने जसले अवार्ड पाएको छैन, त्यो कलाकार बजारमा बिक्दैन। अवार्ड पाइयो भने आफ्नो इज्जत राम्रो हुन्छ भन्ने मान्यता लिएर कलाकार नै अवार्ड किन्न खोज्छन्,” उनले भने, “त्यसका लागि उनीहरूले २०-२५ हजार हामी सहयोग गर्छौं भन्ने पनि कतिपय देखिएका छन्। जसले गर्दा अवार्डको लोकप्रियता कम भएको छ।”
अवार्ड कार्यक्रम गर्नुभन्दा पहिला नै विधि विधान तय गरेर मात्र अगाडि बढ्नुपर्ने सुवेदीको भनाइ छ। जिल्ला प्रशासन कार्यालयमा अवार्ड नै दर्ता गरेर मात्र कार्यक्रम गर्न पाइने प्रावधान रहेको छ। त्यसको लागि स्थानीय प्रशासनबाट अनुगमन तथा निर्देशन हुनुपर्छ। तर, स्थानीय प्रशासनले त्यसको अनुगमन नगर्दा अवार्डमा मनलाग्दी भइरहेको विभिन्न अवार्ड गर्दै आएका सुवेदीले बताए।
जति धेरै अवार्ड, त्यति लोकप्रियता घट्दो
केही वर्ष अगाडिसम्म पनि अवार्ड भनेपछि छुट्टै मान सम्मान हुन्थ्यो। कसैले कुनै अवार्ड पायो भने त्यो व्यक्तिलाई हेर्ने दृष्टिकोण नै फरक हुन्थ्यो। तर, अचेल नायक राजबल्लभले भनेजस्तै अवार्ड पैसा हालेर किन्न पनि पाइन्छ। पैसाले नकिने अवार्डमाथि पनि प्रश्न उठ्ने गरेको छ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले अर्थशास्त्र सिद्धान्त लागू भइरहेको बताए। बजारमा जति धेरै उत्पादन हुन्छ त्यति नै मूल्य घट्ने भएजस्तै थुप्रै अवार्डका कारण लोकप्रियता घटेको उनको भनाइ छ।
अवार्ड आफैंमा नराम्रो नभए पनि कुन आधारमा प्रदान गरियो भन्ने कुरा प्रमुख हुने उनको भनाइ छ। “बजारमा थुप्रै खालमा अवार्ड भइरहेका छन्। त्यसमा राम्रो नराम्रो कुरा त भइहाल्छ। नराम्रोका कारण पनि राम्रो अवार्डको पनि लोकप्रियता घटिरहेको छ,” उनले भने।