काठमाडौं। बलिउडमा शाहिद कपूर भन्नेबित्तिकै चर्चित अनुहारमै गनिन्छन्।
चलचित्रबाट दर्शक तथा शुभचिन्तको मन जित्न सफल शाहिदलाई यो क्षेत्रमा प्रवेश गर्न निकै संघर्ष गर्नुप¥यो। उनले थुप्रै हिट चलचित्र पनि दिए, जसको कारण उनी आज बलिउडमा स्थापित हुन सकेका छन्।
कुनै समय यस्तो थियो, शाहिदलाई चलचित्रका लागि अफर गर्ने कोही पनि थिएनन्। त्यो समय उनलाई पैसा कमाउन त कहाँ हो कहाँ, दुई छाक खाना खाने पनि पैसा हुँदैनथ्यो।
आज उनले आफ्नो ४० औं जन्मदिन मनाइरहेका छन्। शाहिदले आफ्नो संघर्षबारे केही समयअगाडि मिडियालाई जानकारी गराएका थिए। शुरुवातीको समयमा उनी धेरै चलचित्रबाट रिजेक्ट भएका थिए।
एक सयपटक भन्दा बढी चलचित्रबाट उनी रिजेक्ट भएका थिए। चलचित्रमा अभिनय गर्नका लागि अडिशन दिन्थे तर रिजेक्ट हुन्थे।
त्यसको कारण के थियो, स्वयम् उनलाई समेत थाहा थिएन। त्यसपछि त उनलाई चलचित्रको अफर नै आउन छोडेको थियो।
अभिनेता तथा निर्देशक पंकज कपूरका छोरा उनीलाई चलचित्रमा प्रवेश गर्न निकै संघर्ष गर्नुपरेको थियो। अरूका बुबाआमा चलचित्र क्षेत्रमा हुँदा नै छोराछोरीले राम्रो प्लेटफर्म पाउँछन् तर उनलाई बुबाको तर्फबाट कुनै पनि मौका मिलेन। त्यसका लागि उनी आफैले संघर्ष गर्नुप¥यो।
कसरी बदलियो करियर?
उनलाई विस्तारै विस्तारै टेलिभिजन विज्ञापनमा अभिनय गर्ने मौका मिल्न थाल्यो। केही समय टिभीको विज्ञापनमै काम गरे।
सन् २००३ मा उनलाई एक चलचित्रको लागि अफर आयो। उनले पहिलो पटक चलचित्र इश्क–विश्क मा काम गर्ने मौका पाए। त्यही चलचित्रबाट उनको जिन्दगी नै बदलियो। त्यही चलचित्रबाट उनलाई अवार्ड पनि मिल्यो। उक्त चलचित्रले बक्सअफिसमा पनि राम्रो व्यापार ग¥यो।
त्यसपछि उनले अमृता रावसँग विवाह चलचित्रमा काम गर्ने मौका पाए। त्यही चलचित्रबाट उनले स्टार अभिनेताको पहिचान बनाएका थिए।
त्यसयता उनको चलचित्रहरू ‘जब वी मेट’, ‘कमिने’, ‘आर ... राजकुमार’ले बक्स अफिसमा राम्रै व्यापार गरेको थियो र उनलाई समालोचकहरूले पनि राम्रो प्रतिक्रिया दिएका थिए।
कश्मीरको द्वन्द्वमा आधारित फिल्म ‘हैदर’ले उनको फिल्मी क्यारियरलाई नयाँ उचाइ दियो। त्यसयता ‘उड्ता पन्जाब’, ‘पद्मावत’, ‘कवीर सिंह’ले उनलाई स्टारडममा पु¥याए।
" /> काठमाडौं। बलिउडमा शाहिद कपूर भन्नेबित्तिकै चर्चित अनुहारमै गनिन्छन्।चलचित्रबाट दर्शक तथा शुभचिन्तको मन जित्न सफल शाहिदलाई यो क्षेत्रमा प्रवेश गर्न निकै संघर्ष गर्नुप¥यो। उनले थुप्रै हिट चलचित्र पनि दिए, जसको कारण उनी आज बलिउडमा स्थापित हुन सकेका छन्।

">