काठमाडौं। चर्चित अमेरिकी टीभी स्टार तथा मोडल किम कार्दशियन श्रीमानसँग सम्बन्धविच्छेद् (डिभोर्स) गर्दै छिन्। किम र चर्चित र्यापर कान्ये वेस्टले केही समयको प्रेम सम्बन्धलाई सात वर्षअघि विवाहमा परिणत गरेका थिए। वेस्टसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता भइसकेको छ।
हुनत किमको यो पहिलो विवाह भने होइन। यसअघिका दुई विवाह पनि टिक्न सकेका थिएनन्। फिगर तथा तस्बिरका सधैं चर्चामा आइरहने किम यतिबेला भने सम्बन्धविच्छेदका कारण चर्चामा छिन्। धेरैको एउटै प्रश्न छ- उनी किन सम्बन्ध गर्दै छिन्?
हलिउडलाइफको एक रिपोर्टअनुसार किम र कान्ये दुवैजनाले वकिलसँग भेट गरेका थिए। भेटका क्रममा किमले आफ्नो सम्बन्धलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा कुराकानी गरेकी थिइन्। तर, कान्ये भने उनको कुरामा सहमत हुन सकेनन्। उनको चाहना भने हरहालतमा यो सम्बन्धलाई बचाउनु थियो। त्यसका लागि आफू झुक्नु परे पनि तयार थिइन्। तर, श्रीमानबाट त्यो हुन नसकेको उनको भनाइ थियो।
अब किमको चाहना भनेको आफूसँग नभए पनि कमसेकम छोराछोरीसँग नजिक होउन्, र माया प्रेम गरून्। त्यसैका लागि भए पनि किमले छोराछोरीलाई दुवैले हेरचाह गर्ने सम्झौता गरिन्। यसअघिका दुई सम्बन्ध पनि बिछोडमा पुगेर पीडामा रहेकी किमले यो सम्बन्ध जसरी पनि बचाउनतिर लागिन्। तर, त्यो सफल हुन सकेको छैन।
वकिलसँगको भेटका क्रममा किमले आफू अझै पनि कान्येलाई धेरै माया गर्ने गरेको बताएकी थिइन्।
किम र कान्येबीच २०१२ बाट भेटघाट तथा चिनजान भएको थियो। त्यसको दुई वर्षपछि सन् २०१४ मा इटालीमा धुमधामसँग बिहे गरेका थिए। त्यसपछि यो जोडी सधैं चर्चामा आउने गरेको थियो भने दुवैजना निकै रमाइरहेका थिए। तर, अहिले आएर एकाएक सम्बन्धविच्छेदको कुरा आएपछि उनीहरू शुभचिन्तक तथा फ्यानहरू निराश बनेका छन्। उनीहरूको चाहना अझै पनि यो जोडी नछुट्टियोस् भन्ने छ।
किमका श्रीमान् एक मानसिक रोगसँग जुधिरहेका छन्। बायपोलर डिसअर्डर जस्तो मानसिक रोगसँग जुधिरहेका कान्येले सम्बन्धविच्छेदका लागि दबाब दिएको किमको भनाइ छ।
सम्बन्धविच्छेदको विषय अगाडि बढेसँगै किमले आफ्नो हातमा रहेको औँठी पनि हटाएकी छिन्। पछिल्लो समय सार्वजनिक भएका तस्बिरमा कान्यले विवाहको समयमा दिएको औँठी उनको औँलामा देखिएको छैन।
किमले सम्बन्धविच्छेद हुनुको कारण आफ्नो तर्फबाट नभएर श्रीमानका कारण भएको प्रस्ट पारेकी छिन्। यो विषयमा कान्येले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
यो जोडीका चारजना छोराछोरी छन्। किम छोराछोरीसहित लस एन्जल्समा बस्दै आएकी छिन् भने कान्ये वियोमिंममा आफ्नो फार्म हाउसमा बस्दै आएका छन्।
हट तस्बिर तथा फिगरका कारण किम निकै चर्चित छिन्। ४० वर्षको उमेरमा पनि फिगरका कारण चर्चामा रहेकी किम सामाजिक सञ्जालमा सक्रिय छिन्।
" /> काठमाडौं। चर्चित अमेरिकी टीभी स्टार तथा मोडल किम कार्दशियन श्रीमानसँग सम्बन्धविच्छेद् (डिभोर्स) गर्दै छिन्। किम र चर्चित र्यापर कान्ये वेस्टले केही समयको प्रेम सम्बन्धलाई सात वर्षअघि विवाहमा परिणत गरेका थिए। वेस्टसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता भइसकेको छ।हुनत किमको यो पहिलो विवाह भने होइन। यसअघिका दुई विवाह पनि टिक्न सकेका थिएनन्। फिगर तथा तस्बिरका सधैं चर्चामा आइरहने किम यतिबेला भने सम्बन्धविच्छेदका कारण चर्चामा छिन्। धेरैको एउटै प्रश्न छ- उनी किन सम्बन्ध गर्दै छिन्?

">