ऋचा विवाहपछि चलचित्र क्षेत्रबाट ब्याक हुन्छिन् त ?

काठमाडौं । नायिका ऋचा शर्माले दुई वर्षको प्रेम सम्बन्धलाई ११ मंसीरमा बैवाहिक बन्धनमा परिणत गरिन्।

उनले लाविम मलका म्यानेजर दिपेक्षविक्रम रानासँग लगन गाँठो कसेकी छन्।

ऋचाको जोडीले २६ मंसीरमा चलचित्रकर्मीका लागि विवाहको पार्टी दिए।

विवाह पार्टीमा आएको पत्रकारले विवाहपछि अरुलाई झै गरेर सोधिने प्रश्न ऋचालाई पनि सोधे।

‘ऋचाले चलचित्र क्षेत्रमा नै काम गरुन् भन्ने चाहनुहुन्छ ?’ भन्ने मिडियाकर्मीको प्रश्नमा दिपेक्षले उनको कामको सम्मान गर्ने प्रतिक्रिया दिए।

यो करिअर बनाउन निकै लामो समय मिहेनत गरेको स्मरण गर्दै दिपेक्षले भने, “हामीले यो करिअर बनाउनका लागि लामो समयको मिहिनेत गरेका छौँ। म उनको कामलाई सम्मान गर्छु। यसमा कुनै पनि रोकतोक छैन । कामले निरन्तरता पाउनेछ ।”

अभिनेत्री ऋचाले पनि दिपेक्षको काममा आफूले बाधा नपुर्‍याउने प्रतिक्रिया दिइन्।

एक अर्काको कामलाई सम्मान गर्दै सक्दो सहयोग गरेर अघि बढ्ने दुवैले प्रतिबद्धता जनाएका छन्।

“यो यात्रा अब सधैँका लागि अगाडि बढाउन मैले दिपेक्षको हात समातेको छु। यो जुनी अब म उनकै हुँ।” ऋचाले भनिन्।

ऋचाले आफूलाई दिपेक्षको घर भित्रिँदा मात्र बुहारी भएर गएको महशुस गरेको बताइन्।

“दिपेक्षको घर भित्रिदा, उहाँको ममी ड्याडीले स्वागत गर्दा मात्र मलाई विहे गरेको महशुस भयो”, उनले भनिन्।

ऋचाले आफूलाई भाग्यमानी सम्झिदैँ आफ्नो काम र पेशालाई दिपेक्षले बुझिदिएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्