काठमाडौंं। बलिउडका किङ खान शाहरुख खान तीन बच्चाका बाबु हुन्। उनका कान्छो छोरा अबरामको जन्म २०१३ मा भएको थियो। त्यसपछि उनी एक ठूलो समस्यामा परे। शाहरुखलाई त्यो समस्यासँग जुध्न निकै मुस्किल परेको थियो।
अबराम जन्मिनुभन्दा पहिला शाहरुखमाथि लिंग परिवर्तन गराउन खोजेको आरोप लागेको थियो। तर, शाहरुखले सो आरोपको खण्डन गरेका छन्।
उनले महाराष्ट्र सरकारसमक्ष सो कुराको जाँच गर्न समेत माग गरेका थिए। जबकि अबराम खान सेरोगेसीबाट जन्मिएको समेत उनीमाथि आरोप लागेको थियो। त्यसपछि उनी निकै तनावमा देखिएका थिए।
एक समाज सेविकाले शाहरुखमाथि लिंग परीक्षण गराएको आरोप लगाएका थिए। त्यसपछि उक्त विषय अदालतसमक्ष पुगेको थियो। अदालतबाट उक्त कुराको पुष्टि नभएपछि समाज सेविकाको मुख बन्द भएको थियो। सो घटनापछि शाहरुख निकै तनावमा परेका थिए।
जब सेरेगेसीको कुरा आयो त्यसपछि आफुलाई निकै नरमाइलो गरेको शाहरुखले बताएका थिए। एक शिक्षित व्यक्तिबाट यस्तो खालको हर्कत हुनै नसक्ने उनले प्रष्ट पारेका थिए।
उक्त हल्लाका कारण शाहरुख एउटा कुराको लागि निकै डराएका छन्। जब अबराम ठूलो भयो त्यसपछि त्यो कुरा सुनेर उनको मनमा कस्तो खालको प्रभाव पर्ला भन्ने कुराको भय छ।
उनले यस्ता खालका भ्रमले सम्बन्धित व्यक्तिको मन मस्तिष्कमा गम्भीर खालको असर पर्ने बताए। आफूले यस्तो बेवकुफी काम कहिल्यै गर्न नसक्ने बताए।