काठमाडौं। वैवाहिक बन्धनमा बाँधिएका जोडीको अर्को व्यक्तिसँग ‘अफेयर’। एउटै ओछ्यानमा श्रीमान्-श्रीमती सुतिरहेका हुन्छन्।
तर, श्रीमान् सुतेपछि श्रीमती आफ्नो प्रेमीसँग च्याटमा व्यस्त हुन्छिन्। त्यतिमात्र नभएर श्रीमान घरमा नभएको मौका पारेर आफ्नो प्रेमीलाई घरमै भेट्न बोलाउँछिन्। पछिल्लो समय समाजमा यस्ता खालका घटना धेरै घट्ने गरेका छन्।
हरिहर निरौलाले यस्तै खालका घटनालाई केन्द्रित गरेर ‘भरोसाको दियो’ बोलको गीत ल्याएका छन्। सत्यराज आचार्यको स्वरमा रहेको उक्त गीतमा विशाल ढकालले संगीत दिएका छन्।
पुष्कर सुनुवारले एरेञ्ज गरेको गीतको भिडियोलाई सत्यराजले नै निर्देशन गरेका छन्। उनकी पत्नी अनिता थापा आचार्यले सहायक निर्देशकको रूपमा सघाएकी छिन्। सत्यसँगै स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीको अभिनय छ।
हरि हुमागाईंको छायांकन अनि विकास धमलाको सम्पादन रहेको भिडियोलाई सत्य र स्वरूपको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
सत्यराजले गीतको शब्दसँग मिल्ने खालको भिडियो बनाएका थिए। जसमा पछिल्लो समय समाजमा हुने श्रीमान्-श्रीमतीको सम्बन्ध र प्रेमीको मायालाई देखाउन खोजिएको छ।
“गीतको शब्दसँग मिल्नेगरी भिडियो तयार पारेको थिएँ। त्यही भिडियोले अहिलेको श्रीमान्-श्रीमतीको सम्बन्ध र अर्को प्रेमीसँगको नातालाई जोड दिइएको छ,” सत्यले भने।
भिडियाे:
" /> काठमाडौं। वैवाहिक बन्धनमा बाँधिएका जोडीको अर्को व्यक्तिसँग ‘अफेयर’। एउटै ओछ्यानमा श्रीमान्-श्रीमती सुतिरहेका हुन्छन्।तर, श्रीमान् सुतेपछि श्रीमती आफ्नो प्रेमीसँग च्याटमा व्यस्त हुन्छिन्। त्यतिमात्र नभएर श्रीमान घरमा नभएको मौका पारेर आफ्नो प्रेमीलाई घरमै भेट्न बोलाउँछिन्। पछिल्लो समय समाजमा यस्ता खालका घटना धेरै घट्ने गरेका छन्।

">