काठमाडौं। राजनराज सिवाकोटीको चर्चित गीत ‘फूलबुट्टे सारी’ विभिन्न भर्सनमा सार्वजनिक भइरहेको छ। हालसम्म यो गीत मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ।
मेल, फिमेल, चाइल्ड भर्सनमा सार्वजनिक भइसकेको यो गीत अब लेजेण्ड भर्सनमा पनि सार्वजनिक भएको छ।
करोडौं भ्यूज पाइसकेको यो गीतलाई लेजेण्डरी भर्सनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाज छ।
आज सरस्वती पूजाको साइत पारेर मदनकृष्ण श्रेष्ठको स्वरमा यही गीतको नयाँ भर्सन सार्वजनिक गरिएको हो। उक्त गीतको भिडियोमा मदनकृष्णको स्वरसँगै अभिनय पनि रहेको छ। भिडियोमा अभिनेत्री मिथिला शर्मा मदनकृष्णको जोडी बनेकी छिन्।
यसअघि चाइल्ड भर्सन गीत सार्वजनिक गरेकै दिन मदनकृष्णलाई जोड्ने कुरा भएको थियो।
उक्त कार्यक्रममा मदनकृष्णले गीतको केही अंश आफैंले गाएर सुनाएका थिए। गीत सुनेपछि राजनले नयाँ भर्सन आउने घोषणा गरेका थिए। त्यो समयमा उक्त गीत मदनकृष्णलाई नै गाउन दिन भन्ने टुंगो लागेको थिएन।
मेलोडियस आवाजमा रेकर्ड गराउँदा फूलबुट्टे सारी कस्तो सुनिएला भन्ने लागेपछि राजजनराजले मदनकृष्णसँग सहकार्य गर्न पुगे। पार्किन्सनका विरामी मदनकृष्णले गीत गाउन सक्ने वा नसक्ने भन्नेमा आशंका थियो।
गाउँदा श्वास फुल्ने समस्या भएकोले मदनकृष्णले गीत नगाउने सोच पनि बनाएका थिए। तर यो गीत निकै राम्रोसँग गाएको राजनराज सिवाकोटीको भनाइ छ।
गीतको भिडियोका लागि पनि मदनकृष्णलाई नै रोजियो। भिडियोमा घरायसी पाको उमेरका बूढाबूढीको लभ सिक्वेन्स देखाइएको छ। वृद्ध अवस्थामा हुने माया प्रेम र सद्भाव नै यसको कथा रहेको राजनराज बताउँछन्।
अहिलेसम्म मिलन नेवारको स्वरमा रहेको गीतले तीन करोडभन्दा बढी भ्यूज पाएको छ। त्यस्तै मार्मिक लामाको स्वरमा रहेको भिडियोले पनि एक करोड ८६ लाखभन्दा बढी भ्यूज पाएको छ। चाइल्ड भर्सनमा राजनले आफ्नै छोरी अरिष्माको स्वरमा रेकर्ड गराएका थिए। जुन भिडियोले ६ लाखभन्दा बढी भ्यूज पाएको छ।
१२ वर्ष अगाडि रचना गरिएको उक्त गीतले अहिले चर्चा पाइरहेको छ। मिलनको स्वरमा रहेको गीतले १८ दिनमै एक करोड भ्यूज पाएको थियो। तीन महिना अगाडि टिकटकमार्फत चर्चामा आएको यो गीतलाई राजनराजले फरक स्वादसहित ल्याएका थिए।