एजेन्सी । बलिउड नायिका सनी लियोनीको वेब सिरिज ‘अनामिका’ को सुटिङस्थलमा अचानक गुण्डाहरु आएर घेरेपछि उनलाई सुरक्षित स्थानमा सार्नुपरेको छ।
सुटिङ स्थललाई घेर्दै गुण्डाहरुले अनामिकाका निर्देशक विक्रम भट्टसँग ३८ लाख भारतीय रुपैयाँ मागेपछि एकछिन तनावपूर्ण स्थिति बनेको थियो।
सुटिङ स्थलमा सनी लियोनीको सुटिङ चलिरहेको थियो। तनाव बढेपछि तत्कालै विक्रम भट्टले सनी लियोनीलाई सुटिङ स्थलबाट सुरक्षित स्थानमा सारेका थिए। त्यसपछि भट्टले गुण्डाहरुसँग कुराकानी गरेका थिए।
गुण्डाहरुले ३८ लाख रुपैयाँको लागि सुटिङस्थल घेरेका थिए, जुन रकम भट्ले दिनुपर्ने थियो। यो कुरा भट्टले खुलासा गरेका हुन्।
सुटिङ स्थलमा लामो समयसमम वादविवाद चलेपछि भट्टले बलिउडका चर्चित द्वन्द्व निर्देशक अब्बास अली मोगुललाई १३–१४ लाख भारतीय रुपैयाँ दिन मन्जुर भएका थिए।
भट्टले उक्त रकम बराबरको चेकको स्क्रीन सट देखाएपछि मात्र गुण्डाहरु सुटिङ स्थलबाट बाहिरिएका थिए। विभिन्न प्रोजेक्टमा काम गर्दाको पैसा भट्टसँग उठाउन गुण्डाहरु सुटिङ स्थलमा पुगेका थिए।
" /> एजेन्सी । बलिउड नायिका सनी लियोनीको वेब सिरिज ‘अनामिका’ को सुटिङस्थलमा अचानक गुण्डाहरु आएर घेरेपछि उनलाई सुरक्षित स्थानमा सार्नुपरेको छ।सुटिङ स्थललाई घेर्दै गुण्डाहरुले अनामिकाका निर्देशक विक्रम भट्टसँग ३८ लाख भारतीय रुपैयाँ मागेपछि एकछिन तनावपूर्ण स्थिति बनेको थियो।

">