काठमाडौं। यतिबेला प्रेम गर्नेहरूका लागि ‘भ्यालेन्टाइन’ सप्ताह चलिरहेको छ। फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ मनाइछ।
नयाँ प्रेमको शुरुवात गर्ने र प्रेममा परेका प्रेमीप्रेमिकाले यो उत्सवलाई निकै रमाइलो गरेर मनाउँछन्।
भ्यालेन्टाइन सप्ताहको आज तेस्रो दिन, अर्थात् चकलेट डे। हरेक दिन विभिन्न डे मनाइरहेका छन्। नायिका वर्षा शिवाकोटीले पनि यही भ्यालेन्टाइनलाई लक्षित गरेर विभिन्न पोस्ट गर्दै आएकी छिन्।
केही दिनअगाडि मात्र प्रेमीलाई धोका दिएको आरोप उनीमाथि लागेको छ। उनका प्रेमी सविनजंग थापासँग ब्रेकअप भएको छ, तर पनि उनले प्रेम भाव दर्शाउने खालका पोस्ट गर्दै आएकी छिन्।
चलचित्र परदेशी-२ को छायांकन सकेर यतिबेला फुर्सदमा रहेकी वर्षाले बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन्। हातमा गुलाब समाएर राखेकी वर्षाले ‘मलाई धेरै गुलाब दिनुहोस्’ क्याप्सन लेखेकी छिन्।
उनले किन धेरै गुलाब चाहियो भन्नेबारे भने केही उल्लेख गरेकी छैनन्। सामाजिक सञ्जालमार्फत् आउने प्रतिक्रियाका लागि उनले यस्तो स्टाटस लेखिएको हुनसक्छ। प्रतिक्रिया पनि त्यहीअनुसार आइरहेका छन्।
उक्त स्टाटसमा थरीथरीका प्रतिक्रिया आएका छन्। धेरैले आफू गुलाब दिन तयार रहेको बताएका छन्।