काठमाडौं। बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ। अभिनेत्री नीतू कपूरले उनको निधनको पुष्टि गरेकी छिन्।
उनलाई हृदयाघात भएको थियो। हृदयाघात भएपछि उनलाई तुरन्त चेम्बुरको इनलाक्स अस्पताल लगिएको थियो। अस्पतालमा पुग्नेबित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
५८ वर्षीया राजीव बलिउड अभिनेता ऋषि कपूरका कान्छा भाइ हुन्। ऋषि कपुरको गत वर्ष निधन भएको थियो।
राजीवका दाइ रणधीरले भनेका छन्, “मैले मेरो कान्छो भाइलाई गुमाएँ। अब उनी यो दुनियाँमा रहेनन्। डाक्टरले उनलाई बचाउन पूरै प्रयास गरेका थिए तर सम्भव भएन।”
राजीवले राज कपूरको निर्देशनमा बनेको चलचित्र ‘राम तेरी गंगा मैली’मार्फत् चर्चामा आएका थिए। त्यसपछि उनी केही मात्र चलचित्रमा देखिए। उनले ऋषि कपूरको लिड रोल रहेको चलचित्र ‘प्रेमग्रन्थ’ को निर्देशन पनि गरेका थिए।
" /> काठमाडौं। बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ। अभिनेत्री नीतू कपूरले उनको निधनको पुष्टि गरेकी छिन्।उनलाई हृदयाघात भएको थियो। हृदयाघात भएपछि उनलाई तुरन्त चेम्बुरको इनलाक्स अस्पताल लगिएको थियो। अस्पतालमा पुग्नेबित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

">