काठमाडौं। दुई महिनादेखि भारतमा आन्दोलन गर्दै आएका किसानहरूले बलिउड अभिनेत्री कंगना रनौतको पुत्ला दहन गरेका छन्।
सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी कंगनाले किसान आन्दोलनलाई आतंकवादीको संज्ञा दिँदै विरोध जनाउँदै आएकी छिन्। उनको सो अभिव्यक्तिको विरोधमा आन्दोलनतर किसानहरूले उनको पुत्ला जलाएका हुन्।
महाराष्ट्रको यवतमालमा किसान परिवारका महिला सदस्यहरूले कंगनाको विरोध गर्दै उनको पुत्ला जलाएका हुन्। उनीहरूले अहिले लागू भएको कृषि कानून समेत फिर्ता लिन माग गरेका छन्।
उनीहरूले कंगनालाई बहिस्कार गर्दै उनको चलचत्रि नहेर्ने घोषणा समेत गरेका छन्। कंगनो पुत्ला बनाएर जुत्ता र चप्पलले पुत्लालाई पिट्दै जलाएका थिए। किसानबारे जथाभावी बोल्ने कंगनालाई बहिस्कार गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने समेत बताएका छन्।
किसान आन्दोलनलाई लिएर कैयौं विदेशी सेलिब्रेटीले समर्थन जनाउँदै आएका छन्। पपस्टार रिहानाले समेत समर्थन जनाएकी थिईन् ।
त्यस्तै पूर्व पोर्नस्टार मिया खलिफाले समेत किसानहरूको आन्दोलनको समर्थन जनाउँदै उनीहरूको माग सम्बोधन गर्न भारत सरकारसँग आग्रह गरेकी थिइन्।
विदेशी सेलिब्रेटीहरूले समर्थन जनाउँदै गएपछि कंगनाले उनीहरूको विरोध गरेकी थिइन्।
यतिबेला कंगना र पञ्जाबी गायक दिलजीत दोसाँझबीच जुहारी चल्दै आएको छ। दिलजीतले किसान आन्दोलनको समर्थन जनाउँदै आएका छन्। दिलजीत किसान आन्दोलनको समर्थन गर्ने कंगना विरोध गर्ने यो कुराले सामाजिक सञ्जालमा खुबै भीडन्त भएको देखिन्छ।
भारत सरकारले समेत किसान आन्दोलनलाई कसैको उक्साहटमा गरिएको विरोध भन्दै आएको छ। उक्त आन्दोलनको समर्थन नगर्न सबैलाई आग्रह गरेको छ।