काठमाडौं। केही दिनअघि ‘झ्यालमा पर्दा छ’ बोलको गीतले एक करोड भ्यूज पायो। खेम सेन्चुरी र सुमन थापा मगरको स्वरमा रहेको उक्त गीत युट्युबमा अपलोड भएको तीन महिनामा करोड भ्यूज पाएको थियो।
एक लाख भन्दा बढी लाइक पाएको उक्त भिडियोले झण्डै १० हजार डिसलाइक पनि पाएको छ भने छ हजार आठ सय भन्दा बढी प्रतिक्रिया पाएको छ। करोड भ्यूज पाएको खुसियालीमा गीत निर्माता टिमले काठमाडौंमा भव्य रूपमा सेलिब्रेसन गर्यो।
अनामनगरस्थित सिलौट रेस्टुरेन्टमा आयोजित भव्य कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रमा ठूल्ठूला हस्तिहरूको उपस्थिति थियो। त्यही केक पनि काटियो। गायक तथा संगीतकार सेन्चुरीले एक करोड भ्यूज पाएकोमा आफू अत्यन्तै खुशी भएको प्रतिक्रिया दिए।
६ डिसेम्बर २०२० मा सार्वजनिक भएको राजनराज सिवाकोटीको गीत फुलबुट्टे सारीले १८ दिनमै एक करोड भ्यूज पाएको थियो। अहिले यो गीत महिला, पुरूष र बालिका गरी तीन जनाको स्वरमा छ। गायिका मिलन नेवारको स्वरमा रहेको सो गीतले दुई करोड ७८ लाख भन्दा बढी भ्यूज पाइसकेको छ भने पुरुषको स्वरमा रहेको गीतले पनि एक करोड ७२ लाख भन्दा बढी भ्यूज पाएको छ।
१८ दिनमै करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको यो गीतले केक काटेर सेलिब्रेशन नै गर्यो। १२ वर्ष अघिको यो गीतले अहिले सफलता पाएपछि सिवाकोटी एकदमै खुसी छन्। अहिले आएर गीत सफल भएको उनले मानेका छन्।
“दर्शकले चाहेको सबै कुरा पूरा भएर नै धेरै रूचाइएको छ। यो सफल नै भएको मानिन्छ”, सिवाकोटीले भने।
उनको स्वर तथा शब्द समेत रहेका थुप्रै गीतले करोडौं भ्यूज पाएका छन्। उनकै शब्द संगीत तथा स्वर समेत रहेको ‘कुटुमा कुटु’ गीतले १४ करोड भन्दा बढी भ्यूज पाएको छ।
प्रकाश सपूतको गीत गलबन्दीले समेत १८ दिनमै एक करोड भ्यूज पायो। जुन सबैभन्दा छोटो समयमा करोड क्लबमा पुगेको गीत थियो।
एक करोड भ्यूज पाउने बित्तिकै कलाकारहरूले गीत सफल भएको भन्दै भव्य पार्टी नै आयोजना गर्दै आएका छन्। उनीहरूले युट्युबमार्फत नाम र दाम दुवै कमाउँछन्।
कुटुमा कुटु बोलको गीत सर्वाधिक भ्यूज भएको गीत हो। यो गीतलाई एक जना नेपालीले साढे चार पटक हेरेको देखिन्छ। नेपालको जनसंख्या करिब तीन करोड छ। तर, केही गीत नेपालको जनसंख्या भन्दा दोब्बर तेब्बर हेर्ने गरेको पाइन्छ। त्यस्ता गीत धेरै सफल भएको र उत्कृष्ट भएको उनीहरूको प्रतिक्रिया छ।
अहिलेसम्म सालको पात टपरी, मिनिरल वाटर, लालुमै, नाकैमा फुली, चौतारीमा बर, प्रसाद चलचित्रको लै लै.., सिंगौरी, ए है माया, के माया लाग्छ र?, माया मारेर, ओई काजल लगायतका लोक दोहोरी तथा आधुनिक गीतले करोड भन्दा बढी भ्यूज पाएका छन्।
धेरै भ्युज पाउनु नै गीत राम्रो हुनु हो?
१/२ लाख भ्युज पनि मुस्किलले पाउने गीतको तुलनामा करोड भ्यूज पाउनु भनेको राम्रै हो। तर, त्यो गीत उत्कृष्ट भएको वा गीत राम्रो बनेको भन्न नमिल्ने संगीतकार नारायण रायमाझी बताउँछन्।
कुनै पनि गीतले करोड क्लब पार गर्नु नै सबै कुरा नभएको उनको भनाइ छ। गीत सफल वा उत्कृष्ट हुनका लागि थुप्रै आधारहरू पार गरेको हुनुपर्ने उनी बताउँछन्।
“गीतले करोड भ्यूज पाउनु भनेको नराम्रो त होइन्। किनकि तीन करोड जनसंख्या भएको देशमा करोड भ्यूज पाउनुलाई नराम्रो त भन्न मिल्दैन्”, उनले भने, “करोड भ्यूज पाउँदैमा यो गीत एकदम राम्रो बनेको भन्न मिल्दैन। सधै जीवित रहने गीतहरूले भ्यूज त थोरै पाएका हुन्छन्। तरपनि सबैको मन मनमा गुञ्जिरहेका हुन्छन्।”
केही दिन भाइरलको रूपमा आएका गीतले जति धेरै भ्यूज पाएपनि त्यसले कुनै अर्थ नराख्ने गायिका मञ्जु पौडेलको भनाइ छ।
“बढी भ्यूज पाउदैमा गीत सफल भएको मानिदैन। त्यो अहिलेको जमानामा नयाँ नयाँ प्रविधिको प्रयोग गरे, बुस्ट गरेर पनि बढी भ्यूज पाउन सकिन्छ। त्यो नै सफलताको आधार होइन्”, उनले भनिन्।

केही दिन चर्चामा आएर त्यसपछि लोप भएर जाने गीतले जति धेरै भ्यूज पाएपनि त्यसले कुनै अर्थ नराख्ने उनको भनाइ छ।
“बढी भ्यूज पाउँदा पैसा पनि बढी कमाउँला, युट्युबमा सब्स्क्राईब पनि बढी आउँला। तर, त्यो गीत केही समयमै लोप भएर जान्छ भने त्यसको के अर्थ”, उनले भनिन्।
त्यसो भए कस्तो गीत सफल भएको मान्ने?
सानो बच्चा होस् वा वृद्धवृद्धा नै किन नहोस्। उनीहरूका मुखमा केही गीतहरू सदाबहार जस्तै झुण्डिएका हुन्छन्। नारायण गोपालका गीत नसुन्ने कमै होलान्। अम्मरध्वज गुरूङका गीत मन नपराउने कमै होलान्।
यस्ता खालका गीतमा धेरै कुराको मिश्रण हुने लोक तथा दोहोरी गीत प्रतिष्ठानमा निवर्तमान अध्यक्ष बद्री पंगेनीको भनाइ छ। एउटा गीत सफल वा राम्रो हुनुको लागि थुप्रै कुराको समिश्रण हुनुपर्ने उनी बताउँछन्।
एक करोड, दुई करोड वा दशौं करोड भ्यूज पायो भन्दैमा म त्यो गीतलाई उत्कृष्ट मान्दिन। त्यसका लागि उत्कृष्ट शब्द चयन, भिडियो पनि एकदम राम्रो हुनुपर्ने उनको भनाइ छ।
“त्यो गीतमा कस्तो खालको शब्द प्रयोग गरिएको छ। त्यो नै प्रमुख हुन्छ। त्यसपछि संगीत कस्तो छ? एरेञ्ज कस्तो भयो? भिडियो कस्तो खालको बनेको छ? लगायतका कुरामा ध्यानदिनुपर्छ”, उनले भने।