काठमाडौं । “मायाको डोरीले बाँधन”,१४ नोभेम्बरमा अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटस हो यो । कालो ओभरकोट लगाएको तस्वीर पोष्ट गर्दै उनले मायाको डोरीले बाँध्न आग्रह गरिरहेकी थिइन् । उक्त स्टाटसमा कमेन्ट गर्दै उनका शुभचिन्तकहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
कोहीले मोटी भएको भन्दै ५ मिटर लामो डोरीले समेत बाँध्न नपुग्ने प्रतिक्रिया दिएका छन् भने कसैले विवाह गर्ने उमेर भइसक्यो विहे पार्टी कहिले हुन्छ भन्दै प्रश्न समेत गरेका छन्।
पछिल्लो समय वर्षाले प्रेमिल स्टाटस नै धेरै अपलोड गर्दै आएकी छन्। त्यस्ता प्रेमिल स्टाटसमा तस्वीर पनि निकै सुन्दर पोष्ट भइरहेका छन् । २२ मंसीरमा वैवाहिक बन्धनमा बाँधिएकी अभिनेत्री ऋचा शर्मा र आफ्नो तस्वीर पनि उनले पोष्ट गरेकी छन् । जसमा उनको क्याम्पसन छ, “मंसीर महिना जो छ ।”
त्यस्तै केही समय अघि पनि उनले इन्स्टामा एक तस्वीर सार्वजनिक गरेकी थिइन् । जुन तस्वीरमा क्याप्सन लेख्दै वर्षाले लेखेकी छिन्- र, यो संसारमा तिमी मेरो हो ।
वर्षाले सामाजिक सञ्जाल फेसबुकमा पनि अपलोड गर्ने तस्वीरमा प्राय प्रेमकै बारेमा लेखिरहेकी हुन्छिन् । प्रेमसम्बन्धका बारेमा खासै बोल्न नचाहने वर्षा सामाजिक सञ्जाल भने प्रेमबारेमै लेखेर रङ्ग्याउँछिन् ।
उनले सामाजिक सञ्जालमा आउने कमेन्टहरूमा प्रतिक्रिया समेत दिँदैं आएकी छन्। पछिल्लो समय चलचित्रभन्दा बाहिर ब्यस्त रहेकी वर्षा पछिल्लो समय अमेरिका बस्दै आएका सविनजंग थापाको प्रेममा छिन् भन्ने चर्चा छ । तर उनले यो कुरा अस्वीकार गर्दै आएकी छन् । त्यसो त उनको नाम मिलन चाम्ससँग पनि जोडिदैं आउने गरेको छ । तर, पछिल्लो समय दुवै जनाको सम्बन्ध भने राम्रो छैन।
उनी अभिनित चलचित्र वीर विक्रम–२ असफल रह्यो । त्यसपछि उनले लक्का जवानमा काम गरेकी छन् । तर यो चलचित्र रिलिज हुनै बाँकी छ ।
" /> काठमाडौं । “मायाको डोरीले बाँधन”,१४ नोभेम्बरमा अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटस हो यो । कालो ओभरकोट लगाएको तस्वीर पोष्ट गर्दै उनले मायाको डोरीले बाँध्न आग्रह गरिरहेकी थिइन् । उक्त स्टाटसमा कमेन्ट गर्दै उनका शुभचिन्तकहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।कोहीले मोटी भएको भन्दै ५ मिटर लामो डोरीले समेत बाँध्न नपुग्ने प्रतिक्रिया दिएका छन् भने कसैले विवाह गर्ने उमेर भइसक्यो विहे पार्टी कहिले हुन्छ भन्दै प्रश्न समेत गरेका छन्।

">