काठमाडौं। नायिका स्वेता खड्काको बहिनी आरती र रंग पत्रकार उत्सव रसाइलीले नायिका सुष्मा कार्कीसँग माफी मागेका छन्। माफी मागेसँगै उनीहरूबीचको विवाद समाधान भएको हो।
माघ १९ गते राति दरबारमार्गस्थित लण्डन पब क्लबमा स्वेतासहित उनको बहिनी आरती र पत्रकार रसाइलीले गालीगलौज र कुटपिट गरेको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी थिइन्।
महानगरीय प्रहरी वृत दरबारमार्गमा आज दिनभर भएको दुवै पक्षबीचको छलफलपछि सुष्माले माफी दिएकी हुन्। माफी माग्दै रंगपत्रकार रसाइलीले आफ्नो तर्फबाट गल्ती भएको र अबदेखि त्यस्तो गल्ती नदोहोरिने बताएका थिए।
छलफलको क्रममा सुष्माले मिडियाका सामु नै माफी माग्नुपर्ने बताएकी थिइन्। तर, उनीहरूले मिडियासामु माफी नमाग्ने बताएपछि छलफल लम्बिएको थियो। अन्ततः दुवै जनाले मिडियासामु नै माफी मागेका हुन्।
कलाकार र पत्रकार एकअर्काका परिपुरक भएको भन्दै सुष्माले माफी दिएको बताइन्। “गल्ती गरेको स्वीकार गरेर माफी मागेपछि मैले उक्त मुद्दालाई अगाडि बढाईन्।” नायिका सुष्मा भनिन्।
कुटपिट तथा गालीगलौज गरेको भन्दै ठाडो निवेदन दिएकी सुष्माले प्रहरीमा लिखित उजुरी दिएकी थिईन्। हिजो छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो। तर, आरती र रसाइली नआएपछि सुष्माले लिखित उजुरी दिएकी फर्किएकी थिइन्। विवाद समाधान भएसँगै उनले उजुरी फिर्ता लिएकी छिन्। त्यस्तै सामाजिक सञ्जालमार्फत पनि माफी माग्ने र सुष्माविरूद्धको सबै स्ट्याटस हटाउने सहमति भएको छ।
माघ १९ गते राति नायिका स्वेता आफ्ना श्रीमान, बहिनी र पत्रकार रसाइलीसहित लण्डन पब क्लब पुगेकी थिइन्। म्यारिज एनिभर्सरीमा गएका उनीहरूले केक काट्नुका साथै रमाइलोसमेत गरे। त्यही क्लबमा नायिका सुष्मा पनि साथीहरूसँग पुगेकी थिइन्।
रंग पत्रकार रसाइलीसँग भेट भएपछि उनले आफ्नो बारेमा गलत प्रचार नगर्न आग्रह गरेकी थिइन्। “वासरूम नजिकै भेटेकी थिएँ। त्यही क्रममा मैले जुनसुकै कार्यक्रममा पनि मलाई जोडेर गलत प्रचार किन गरेको भने। तर, उनले केही हुँदैन के सुष्मा, सेलिब्रेटी भएपछि यस्तो कुरा त सामान्य हुन्छ भन्दै पन्छिन खोजे। यही विषयमा विवाद भयो र आरती आएर झापड हानिन्,” सुष्माले भनिन्।
झापडसँगै आरतीले कपालसमेत तानेको सुष्माको आरोप थियो। झगडा उग्र बन्दै गएपछि क्लबमा उपस्थित अन्यले छुटाएका थिए।