काठमाडौं। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गत चैत ११ गतदेखि देशभर लकडाउन गरियो । लकडाउन जारी भएसँगै सम्पूर्ण क्षेत्र बन्द रहे। जसबाट सिने क्षेत्र पनि प्रभावित बन्यो । गत पुस १० गतेदेखि मात्र सिनेमा हल खुले। त्यो पनि चलचित्रकर्मी आफैंले खोल्ने घोषणा गरेर खोलेका थिए।
हल नखुल्दासम्म थुप्रै चलचित्रकर्मीले हल खोल्नुपर्ने आवाज मात्र उठाएनन्, चर्को दबाब समेत दिएका थिए । लामो समयदेखि हल नखुल्दा चलचित्र क्षेत्र समस्यामा परेको भन्दै उनीहरूले हल खोलेपछि समस्या समाधान हुने समेत भन्न भ्याए। सोही आधारमा चलचित्र संघको आह्वानमा हलहरु खुले ।
हल खुलेसँगै सिने क्षेत्र चलयामान हुने धेरैको अपेक्षा थियो। तर, हल खुलेको एक महिना भन्दा बढी समय बितिसक्दा पनि गति लिन सकेको छैन। हल खोल्नुपर्ने भन्दै दबाब निर्माताहरू अहिले भने आफ्नो चलचित्र प्रर्दशनमा ल्याउन डराइरहेका छन्। जसले गर्दा हल बन्द गर्नुपर्ने वा पुरानै चलचित्र प्रदर्शनमा ल्याउनुपर्ने बाध्यता हल सञ्चालकहरुसँग छ ।
माघ १ गते शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बाहेक अरू चलचित्र रिलिज हुन सकेको छैन। हुनत यो चलचित्रले पनि एक दिन बाहेक दोस्रो दिनबाट दर्शक तान्न सकेन।
अन्य निर्माताहरू भने आफ्नो चलचित्र रिलिज गर्न तयार देखिएका छैनन्। चलचित्र संघका महासचिव अशोक शर्माले अहिलेसम्म कोही पनि निर्माता चलचित्र रिलिज गर्न तयार नदेखिएको बताए ।
“राम्रा चलचित्रहरू रिलिज गर्न तयार देखिएका छैनन्। नराम्रो चलचित्रका लागि दर्शक नै आउँदैनन्। चलचित्रहरु रिलिजका लागि निर्माताहरु तयार नहुँदा अहिले थप समस्या देखिएको छ”, उनले भने।
हल सञ्चालक तथा चलचित्र वितरक गोपाल कायस्थ राम्रो चलचित्र रिलिज गर्न तयार नहुँदा समस्या भइरहेको बताउँछन्।
“त्यो बेला हल खुलाउनुपर्छ भन्दै दबाब दिने निर्माताहरू अहिले नयाँ चलचित्रबिनै सिनेमा हल खोल्दा केही बोल्न सकेका छैनन्। नेपाली चलचित्रले गति लिन अझै धेरै समय लाग्ने देखिएको छ”, कायस्थले भने।
अहिलेको अवस्थामा कोही निर्माताहरु पनि आफू जोखिममा पर्न नचाहेको निर्माताहरू बताउँछन्। “एकातिर महामारीको डर अझै कम भएको छैन। अर्कोतिर चलचित्र पनि बनिसकेको अवस्था छैन। यस्तोमा कसैले पनि जोखिम लिन तयार हुँदैनन्”, चलचित्र निर्माता तथा निर्देशक माधव वाग्ले बताउँछन्।
राजनीतिक अस्थिरतासँगै कोरोना महामारीको डर नसकिएको अवस्थामा दर्शक हलसम्म आउन नसक्ने भएकाले लाखौंको जोखिम मोल्न आफूहरू तयार नहुने चलचित्र निर्माताहरूको भनाई छ।
नेपाली चलचित्रले गति लिन अझै निकै लामो समय लाग्ने चलचित्र निर्माता दीपेन्द्र के. खनालको भनाइ छ। राम्रो चलचित्र रिलिज भएको खण्डमा मात्र दर्शक पनि हलसम्म पुग्ने भन्दै राम्रो चलचित्र बन्न अझै समय लाग्ने उनको भनाइ छ।
अहिले हलवाला निकै जोखिम मोलेर हल चलाइरहेको भन्दै हल सञ्चालक कायस्थले यस्तो अवस्थामा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए।
“अहिलेको अवस्था दैनिक लाखौं घाटा खाएर हल सञ्चालन भइरहेका छन्। यदि हल नै बन्द गर्यो भने फेरि अर्को समस्या थपिन्छ। त्यसैले राज्यले नै केही सहयोग गर्नुपर्छ”, उनले भने।
माघ १ गते नयाा चलचित्र रिलिज भएको लामो समयपछि चैत्र २७ गते ‘लप्पन छप्पन–२’ रिलिज हुनेछ। यो चलचित्रले पनि दर्शक तान्नेमा हलवाला ढुक्क छैनन्। त्यस्तै कृष्ण लिला र मनसँग मन पनि नयाँ वर्षको वरिपरी नै रिलिज गर्नेगरी तयारीमा छन्।
यस्तो हिसाबले नयाँ वर्षको सुरुआतसँगै चलचित्र क्षेत्रले पनि गति लिनेमा चलचित्रकर्मी विश्वस्त छन्।