काठमाडौं। बहुप्रतीक्षित चलचित्र केजीएफ च्याप्टर-२ को प्रदर्शन मिति तय भएको छ। अब १६ जुलाई २०२१ मा यो चलचित्र विश्वभर प्रदर्शनमा आउनेछ।
यश तथा सञ्जय दत्त स्टारर यो चलचित्रको प्रदर्शन मितिबारे चलचित्र निर्माता तरण आदर्शले ट्वीटरमार्फत् जानकारी दिएका हुन्।
यो चलचित्रमा यश, सञ्जय दत्तसँगै श्रीनिधि शेट्टी, रवीना टण्डन लगायतको अभिनय छ। प्रशान्त निलको निर्देशनमा बनेको यो चलचित्र पाँच भाषामा रिलिज हुनेछ। कन्नड, हिन्दी तेलुगु, तमिला र मलयलम भाषामा रिलिज हुने निर्माता तरणले जनाएका छन्।
यो चलचित्रको टिजर केही समयअगाडि मात्रै रिलिज भएको थियो। उक्त टिजरलाई धेरैले मन पराएका थिए। उक्त टिजर विवादमा समेत तानिएको छ। यो चलचित्र सन् २०१८ मा प्रदर्शनमा आएको केजीएफको सिक्वेल हो। पहिलो भाग पनि निकै रुचाइएको थियो। त्यही चलचित्रका कारण यसको दोस्रो सिरिज धेरैको पर्खाइमा परेको छ।
केजीएफ चलचित्रबाटै साउथ इण्डियन अभिनेता यशको चर्चा चुलिएको थियो। केजीएफले २०४ करोड भारुभन्दा बढीको आम्दानी हिन्दी भाषाको चलचित्रबाट मात्र गरेको थियो। त्यस्तै कन्नाडा, तेलुगुलगायतका अन्य भाषामा पनि ब्लकबस्टर आम्दानी गरेको थियो।
यही कारण पनि यसको दोस्रो सिरिज पनि ब्लकबस्टर हुने निर्माण पक्षले अपेक्षा लिएको छ।
" /> काठमाडौं। बहुप्रतीक्षित चलचित्र केजीएफ च्याप्टर-२ को प्रदर्शन मिति तय भएको छ। अब १६ जुलाई २०२१ मा यो चलचित्र विश्वभर प्रदर्शनमा आउनेछ।यश तथा सञ्जय दत्त स्टारर यो चलचित्रको प्रदर्शन मितिबारे चलचित्र निर्माता तरण आदर्शले ट्वीटरमार्फत् जानकारी दिएका हुन्।

">