काठमाडौं । सुमी मोक्तानले चलचित्रको एक्सन अवतारकै लागि डेढ वर्ष मार्सल आर्टको तालिम लिइन् । सात महिना सांकेतिक भाषा पनि सिकिन् । दुई वर्षभन्दा बढी कडा मेहनत गरेर ‘सरौतो’ मा लिड रोल गरिन् ।
तर, दुर्भाग्य! उनी अभिनित चलचित्र ‘सरौतो’ ले दर्शकको मन जित्न सकेन। एक्सन अवतारमा प्रस्तुत गरेर पहिलो लिड रोलबाटै सुमीलाई स्थापित गराउने ‘सरौतो’ का निर्देशक हरि हुमागाईंको सपना पूरा हुन सकेन।
गतहप्ता प्रदर्शनमा आएको फिल्मले हलमा दर्शक तान्न नसक्दा सुमीलाई पहिलो गाँसमै ढुंगा लागेजस्तै भएको छ । यद्यपी, उनले फिल्मका लागि गरेको मेहनत पर्दामा नदेखिएको भने हैन । फिल्म हेर्नेले उनको एक्सनको प्रशंसा गरेका छन् । तर, चलचित्रले दर्शकको मन जित्न नसक्दा उनको एक्सन समेत ओझेलमा पर्न गएको छ।
अभिनयले दर्शक रिझाउन नसके पनि उनको एक्सन भने निकै रुचाइएको थियो । फिल्ममा उनले सुस्तश्रवण भएकी युवतीको भूमिका निभाएकी थिइन्। धेरैले उनलाई एक्सनमा सम्भावना बोकेको अभिनेत्रीको रुपमा लिएका छन्। तर, डेब्यू फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पनि पैसा उठाउन नसक्दा उनलाई नयाँ फिल्म अफर आउनेमा आशंका पैदा भएको छ ।