काठमाडौं। गीतकार कल्पना भण्डारीको ‘सधैं सुनुँ सुनुँ लाग्ने’ गजल सार्वजनिक भएको छ। गायक जगदीश समालको स्वरमा रहेको उक्त गजलमा नारायण सुवेदी आभासले संगीत दिएका छन्।
निकेश खड्काको निर्देशनमा बनेको म्यूजिक भिडियोमा चर्चित अभिनेता दयाहाङ राई र उषा रजकको अभिनय छ। बुद्ध थापाले छायाकंन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।
भिडियोमा दया र उषाको अभिनय अब्बल देखिएको छ। विभिन्न कारणले सम्बन्धमा आउने समस्यालाई भिडियोमा देखाउन खोजिएको छ।
म्युजिक भिडियोमा दयाहाङको बानी व्यहोराबाट आजित भएकी उषाले दुवै जना अलग बाटो रोज्न बाध्य भएको दृष्य रहेको छ। त्यसपछि दयाले सपनामा समेत उषालाई देख्छन् र उनीसँग विताएको अतित सम्झिन्छन्। त्यही कुरालाई भिडियोमा प्रस्तुत गरिएको छ।
" /> काठमाडौं। गीतकार कल्पना भण्डारीको ‘सधैं सुनुँ सुनुँ लाग्ने’ गजल सार्वजनिक भएको छ। गायक जगदीश समालको स्वरमा रहेको उक्त गजलमा नारायण सुवेदी आभासले संगीत दिएका छन्।निकेश खड्काको निर्देशनमा बनेको म्यूजिक भिडियोमा चर्चित अभिनेता दयाहाङ राई र उषा रजकको अभिनय छ। बुद्ध थापाले छायाकंन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।

">