‘दबंग ३’ले रिलिज नहुँदै कमायो १५५ करोड

एजेन्सी। बलिउड चलचित्र ‘दबंग ३’ ले रिलिजअघि नै १५५ करोड भारतीय रूपैयाँ कमाइ गरेको छ।

सलमान खान अभिनित यो चलचित्रको ‘अमेजन प्राइम’लाई अनलाइन स्ट्रिमिङ, ‘टी सिरिज’ लाई म्युजिक तथा ‘जी’ समूहलाई स्याटेलाइट्स राइट्स बिक्री गरिएको छ।

‘दबंग ३’ को डिजिटल राइट्स ‘ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो’ मा ६० करोडमा बिक्री भएको छ। त्यस्तै स्याटेलाइट राइट्स ८० करोडमा बिक्री भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यसैगरी टी–सिरिजले १५ करोडमा चलचित्रको म्युजिक राइट्स खरिद गरेको छ। यही २० डिसेम्बरमा रिलिज हुने चलचित्रमा सलमान खानसँगै साइ माजरेकर, किच्चा सुदीप, सोनाक्षी सिन्हा मुख्य भूमिकामा छन्।

प्रभुदेवाद्वारा निर्देशित ‘दबंग ३’ सलमान खान, अरबाज खान र निखिल द्विवेदीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्