महामारीबीच ‘मास्टर’ को बम्पर ओपनिङ, एकै दिनमा कमायो ४० करोड   <p>काठमाडौं। दक्षिण भारतीय चलचित्र &lsquo;मास्टर&rsquo;ले बम्पर सुरुआत गरेको छ। कोरोनाकालमा आजदेखि प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिनमै ४० करोड भारतीय रुपैयाँ भन्दा बढी आम्दानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।&nbsp;</p> <p>दक्षिण भारतीय अभिनेता थलापति विजय र विजय सेतुपती अभिनित यो चलचित्र हिन्दी, तमिल, तेलुगु तथा कन्नड भाषामा प्रदर्शनमा आएको छ। अन्य भाषामा बुधबारबाट प्रदर्शनमा आएको थियो भने हिन्दी भाषामा आजमात्र प्रदर्शनमा आएको हो।&nbsp;</p> <p>यो चलचित्रले तमिल भाषामा मात्रै २३ करोड भन्दा बढीको आम्दानी गरेको छ। करल तथा कर्नाटक क्षेत्रमा पनि ३&ndash;३ करोड भन्दा बढीको आम्दानी गरेको छ।&nbsp;</p> <p>बजारविज्ञ तरन आदर्शले यो चलचित्रले बक्स अफिसमा सुनामी नै आएको जनाएका छन्। चलचित्रमा विजय र जिनय सेतुपतीसँगै मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दाश तथा नसीरको मुख्य भूमिका छ। लोकेश कनागराको निर्देशनमा बनेको यो चलचित्र आजदेखि नेपालमा समेत प्रदर्शनमा आएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्