काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चनले भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’बाट अवकाश लिने भएका छन्। दर्शकहरूबीच निकै लोकप्रिय बनेको यो शोबाट उनी अवकाश लिन लागेका हुन्। पछिल्लो १२ औँ सिजनको अन्तिम एपिसोडको सुटिङ सकेका छन्।
सुटिङ सकिएलगत्तै उनले आफ्नो फ्यानहरूका लागि विशेष ब्लग लेखेका छन्। जसमा उनले अवकाशबारे लेखेका हुन्। अमिताभले लेखेका छन्, “अब म थाकिसकेको छु र रिटायर्ड भइसकेको छु। म माफी चाहन्छु, तपाईँहरू सबैसँग, कौन बनेगा करोडपतिको सुटिङको यो अन्तिम दिन निकै लामो रह्यो।”
यद्यपि आगामी संस्करणहरूमा पनि कुनै न कुनै रूपमा केबीसीको हिस्सा बन्नेसमेत बताए। शोको अन्तिम एपिशोडमा आफूलाई भव्य बिदाइ र प्रेम मिलेको उनको भनाइ छ।
कोरोना महामारीका कारण शोको सुटिङ लामो समय रोकिएको थियो। अमिताभ, छोरा अभिषेक र बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कारोना संक्रमण भएको थियो। कोरोना संक्रमणमुक्त भएपछि उनले शोको छायांकन पुनः शुरु गरेका थिए।
उनको उक्त घोषणाले सामाजिक सञ्जाल तातेको छ। धेरैले उनलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेका छन्। अमिताभ सामाजिक सञ्जालमा पनि निके सक्रिय छन्। उनी अहिले चलचित्रहरू ‘मेड’, ‘झुन्ड’ र रिया चक्रवर्तीको फिल्म ‘चेहरे’को छायांकनमा व्यस्त छन्।
" /> काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चनले भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’बाट अवकाश लिने भएका छन्। दर्शकहरूबीच निकै लोकप्रिय बनेको यो शोबाट उनी अवकाश लिन लागेका हुन्। पछिल्लो १२ औँ सिजनको अन्तिम एपिसोडको सुटिङ सकेका छन्।सुटिङ सकिएलगत्तै उनले आफ्नो फ्यानहरूका लागि विशेष ब्लग लेखेका छन्। जसमा उनले अवकाशबारे लेखेका हुन्। अमिताभले लेखेका छन्, “अब म थाकिसकेको छु र रिटायर्ड भइसकेको छु। म माफी चाहन्छु, तपाईँहरू सबैसँग, कौन बनेगा करोडपतिको सुटिङको यो अन्तिम दिन निकै लामो रह्यो।”

">