काठमाडौ। झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाको गीति संग्रह ‘सुनिल’ सार्वजनिक भएको छ। टेलिभिजनकर्मी तथा फिल्म/म्यूजिक भिडिओ निर्देशक भूषण दाहालले सुनिलको गीति संग्रह सार्वजनिक गरेका हुन्।
पुस्तक सार्वजनिक गर्दै कार्यक्रमका दाहालले सुनिलका प्रायः गीतहरु सरल र सुन्दर भएको बताए।
“प्रविधिले साथ नदिए पनि कतिपय गीतहरु सुनिरहुँ लाग्ने हुन्छन् र मेरो अनुभवमा ती गीतहरु सरल छन्,” उनले भने, “सुनिलमा संग्रहित कतिपय रेकर्ड नभएका गीत अत्यधिक सरल र कालजयी गीतहरु छन्।”
कार्यक्रमका चलचित्र निर्देशक मनोज पण्डितले गीति संग्रहमा प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतनास्तरलाई मध्यमवर्गीय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार सुनिल सफल भएको बताए।
“सर्जकले देशप्रेम र प्रेमका विषयमा चर्चा गर्नुभएको छ,” पण्डितले आलोचनात्मक हुँदै भने, “आगामी दिनमा लेखकबाट समाजको अँध्यारो पाटो, अप्ठ्यारो परिस्थिति र समस्याग्रस्त जीवनलाई कसरी समाधान दिने भन्ने विषयमा समाजलाई नै धक्का दिनेगरी गीत आउने आशा गरेको छु।”
कोइरालाले आफ्नो साहित्य यात्राका विषयमा बताउँदै पुस्तक प्रकाशनमा अग्रज कवि स्व. रत्नशमसेर थापा, राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरे, संगीतकार अम्बर गुरुङ, गीतकार कृष्णहरि बराल, गायक योगेश वैद्यका साथै थुप्रै अग्रज र अनुजहरुबाट उत्प्रेरणा प्राप्त गरी पुस्तक प्रकाशन सम्भव भएको बताए।
“मलाई यहाँसम्म आउन धेरैको उत्प्रेरणा छ र आजको यो क्षणले मलाई निरन्तर कलम चलाउन थप उत्प्रेरित गरेको छ,” गीतकार कोइरालाको भनाइ छ।
९९ गीतहरुको संकलन रहेको गीति संग्रह स्कूल अफ लिडर्स प्रालिले प्रकाशन गरेको हो।
" /> काठमाडौ। झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाको गीति संग्रह ‘सुनिल’ सार्वजनिक भएको छ। टेलिभिजनकर्मी तथा फिल्म/म्यूजिक भिडिओ निर्देशक भूषण दाहालले सुनिलको गीति संग्रह सार्वजनिक गरेका हुन्।पुस्तक सार्वजनिक गर्दै कार्यक्रमका दाहालले सुनिलका प्रायः गीतहरु सरल र सुन्दर भएको बताए।

">